२०८३, ८ बैशाख बुधबार

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली


काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल कम्युनिष्ट आन्दोलन कठिन परिस्थितिबाट गुज्रिए पनि अन्ततः पुनः सशक्त रूपमा उठ्ने विश्वास व्यक्त गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा धारणा सार्वजनिक गर्दै ज्ञवालीले आन्दोलनले स्थापनाकालदेखि नै अनेक धक्का, विभाजन र वैचारिक विरोधाभासहरू सामना गरे पनि प्रत्येक संकटपछि अझ मजबुत भएर फर्किएको ऐतिहासिक तथ्य रहेको उल्लेख गरेका छन्।

उनका अनुसार पछिल्लो समय कम्युनिष्ट आन्दोलनका लागि सहज अवस्था रहेन। तर, यही कमजोर अवस्थालाई आधार बनाएर केही पक्षले आन्दोलन समाप्त भएको निष्कर्ष निकाल्ने प्रयास गरे पनि त्यो ऐतिहासिक रूपमा गलत साबित हुने उनले दाबी गरेका छन्।

ज्ञवालीले राजनीतिक चिन्तक फ्रान्सिस फुकुयामाको “इतिहासको अन्त्य” सम्बन्धी अवधारणाको उल्लेख गर्दै यस्ता भविष्यवाणीहरू समयक्रममा असफल भएको उदाहरण रहेको बताएका छन्। उनका अनुसार कम्युनिष्ट आन्दोलन कुनै व्यक्तिको इच्छाले होइन, समाजको ऐतिहासिक विकासक्रम, वर्ग संरचना र रूपान्तरणको वस्तुगत आवश्यकताले निर्देशित हुने प्रक्रिया हो।

उनले वर्तमान चुनौतीलाई सामान्य रूपमा लिन नहुने भन्दै गम्भीर आत्मसमीक्षा, संगठनात्मक पुनर्संरचना र नयाँ राजनीतिक–सामाजिक यथार्थ बुझ्ने क्षमताको आवश्यकता रहेको बताएका छन्।

“वर्तमानका धक्का र चुनौतीलाई हल्का रूपमा लिन सकिँदैन,” ज्ञवालीले भनेका छन्, “यसले हामीबाट निर्मम आत्मसमीक्षा, संरचनागत पुनर्गठन र नयाँ ऊर्जाको माग गरिरहेको छ।”

उनले स्थापना दिवसलाई केवल स्मरणको दिन नभई पार्टीले प्रारम्भिक अभिभारा पूरा गर्ने संकल्प गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। साथै, सबै चुनौती पार गर्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ जीवन दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३, ८ बैशाख बुधबार  १० : ५४ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले