२०८३, ८ भाद्र मंगलबार

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले अंगिकार गरेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का सामु लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन चुनौती नभई अस्थायी प्रवृत्ति मात्र भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले एल्गोरिदम र डिजिटल माध्यमले निर्माण गरेको लोकप्रियतावादी राजनीति क्षणिक हुने उल्लेख गरेका छन्। उनले लेखेका छन्, “जबजका समृद्ध विचारका सामु एल्गोरिदमले सिर्जना गरेको लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद केही समयका पाहुना जस्तै हुन्।”

महासचिव पोखरेलले कम्युनिष्ट आन्दोलनको गौरवपूर्ण इतिहासप्रति सम्मान व्यक्त गर्दै समाजवादतर्फको यात्रामा दृढ रहनुपर्नेमा जोड दिएका छन्। उनले स्थापना दिवसलाई केवल औपचारिक कार्यक्रम नभई वैचारिक प्रतिबद्धता नवीकरण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए।

यस अवसरमा उनले नेपाल कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्मचारी र मोतीदेवी श्रेष्ठ लगायतका नेताहरूको योगदानको स्मरण गरेका छन्।

महासचिव पोखरेलले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको ७७औँ स्थापना दिवस कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सहभागी हुन आग्रह गरेका छन्। साथै, काठमाडौं बाहिर रहेका पार्टी कमिटीहरूले आयोजना गर्ने कार्यक्रममा पनि सक्रिय सहभागिताको अपिल गरेका छन्।

प्रकाशित मिति : २०८३, ८ बैशाख बुधबार  १० : २६ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन