२०८३, ८ भाद्र मंगलबार

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान

टर्कीको अन्टालियामा हुने २२औं विश्व केम्पो च्याम्पियनसिपका लागि नेपाली टोली प्रस्थान


काठमाडौं । टर्कीको अन्टालियामा आयोजना हुने २२औं विश्व केम्पो च्याम्पियनसिपमा सहभागी हुन नेपाली केम्पो टोली प्रस्थान गरेको छ। अप्रिल २६ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट १६ सदस्यीय टोली सहभागी हुने भएको हो।

नेपाल केम्पो खुकुरी फेडेरेसनका अध्यक्ष पाभेल शाहको नेतृत्वमा गएको टोलीमा ६ पुरुष र ४ महिला खेलाडी समावेश छन् भने अन्य सदस्यहरू अफिसियल र अभिभावक रहेका छन्।

महिलातर्फ अञ्जना शाही (५० केजी), प्रिशा राज्यलक्ष्मी शाह (२२ केजी), इरा गौतम (२५ केजी) र मोनालिशा धामी (६० केजी) ले सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन्। अञ्जना शाहीले काता र सेल्फ डिफेन्स तथा इरा गौतमले कातामा पनि चुनौती प्रस्तुत गर्नेछिन्।

पुरुषतर्फ सुरेश पराजुली (६५ केजी), सुलभ श्रेष्ठ (३० केजी) र कृदिक्स विक्रम कुँवर (२५ केजी) ले सेमी केम्पोमा प्रतिस्पर्धा गर्नेछन्। दिलमान लामाले फुल केम्पो, काता र सेल्फ डिफेन्स विधामा भाग लिनेछन्। यमन पाण्डेले फुल केम्पो, सेमी केम्पो, सबमिसन, सेल्फ डिफेन्स र काता गरी पाँच विधामा प्रतिस्पर्धा गर्नेछन् भने शिवहरी राईले सेमी र फुल केम्पोसहित काता र सबमिसनमा चुनौती प्रस्तुत गर्नेछन्।

टोली प्रस्थानका क्रममा अध्यक्ष पाभेल शाहले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास व्यक्त गरेका छन्। खेलाडीहरूले पनि देशको नाम उच्च राख्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  १० : ४७ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन