२०८३, १० कार्तिक मंगलबार

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?

रास्वपाको सचिवालय १६ सदस्यीय, को-को परे?


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय १६ सदस्यीय बनेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले तीन सदस्य थप गरेपछि सचिवालयको आकार १६ पुगेको हो।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार भूपदेव साहलाई महामन्त्री बनाइएको छ भने सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा समावेश गरिएको छ।

नयाँ संरचनामा सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरू रहेका छन्। सचिवालयमा वरिष्ठ नेता बालेन शाह भने समावेश छैनन्।

सचिवालय सदस्यहरू

रवि लामिछाने : सभापति

स्वर्णिम वाग्ले : उपसभापति

कविन्द्र बुर्लाकोटी : महामन्त्री

भूपदेव साह : महामन्त्री

विपिन आचार्य : सहमहामन्त्री

लिमा अधिकारी : कोषाध्यक्ष

वसु माया तामाङ : सहकोषाध्यक्ष

मनिष झा : प्रवक्ता

गणेश पराजुली : सदस्य

दीपक बोहरा : सदस्य

बिराज भक्त श्रेष्ठ : सदस्य

शिशिर खनाल : सदस्य

सोभिता गौतम : सदस्य

हरि ढकाल : सदस्य

सागर ढकाल : सदस्य

सरिता श्री ज्ञवाली : सदस्य

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  ८ : २६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा