काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै राष्ट्रिय जेन-जी नागरिक अभियानले सोमबार काठमाडौंको बबरमहलस्थित नेपाल आयल निगम अगाडि प्रदर्शन गरेको छ।
धर्ना र ज्ञापनपत्र बुझाउने उद्देश्यले पुगेका युवाहरूलाई समन्वय नभएको भन्दै प्रहरीले निगम परिसरबाट हटाएको हो। त्यसपछि उनीहरूले नजिकै सडकमा बसेर प्रदर्शन गर्दै “प्रहरी दमन मुर्दावाद” र “पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर” लगायतका नारा लगाएका थिए।
अभियानका सह–संयोजक अजय सोडारीले आफूहरू समन्वय गरेर ज्ञापनपत्र बुझाउन पुगे पनि प्रहरीले हस्तक्षेप गरेको आरोप लगाए। उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए।
सोडारीका अनुसार छिमेकी देशमा मूल्य स्थिर भए पनि नेपालमा लगातार वृद्धि हुनु अन्यायपूर्ण भएको भन्दै मूल्य नघटेसम्म आन्दोलन जारी रहने चेतावनी दिइएको छ।








प्रतिक्रिया