२०८३, १० कार्तिक मंगलबार

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल


काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील जलमार्ग पुनः आफ्नो नियन्त्रणमा आएको दाबी इरानले गरेको छ।

इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार (आईआरजीसी) ले उक्त जलमार्गमा पूर्ण निगरानी र नियन्त्रण पुनः सुरु गरेको घोषणा गरेको हो। आईआरजीसीको विज्ञप्तिलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीहरूले क्षेत्र अब ‘सामान्य अवस्थामा फर्किने’ र सुरक्षा व्यवस्था कडा पारिने बताएका छन्।

यसबीच इरानले अमेरिकामाथि समुद्री डकैतीको आरोप लगाउँदै अमेरिकी नाकाबन्दीलाई ‘समुद्री लूट’ को संज्ञा दिएको छ। यसअघि इरानी विदेशमन्त्रीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत युद्धविराम अवधिभर उक्त जलमार्गबाट सबै व्यावसायिक जहाजहरूको आवतजावत खुला गरिएको बताएका थिए।

उक्त घोषणापछि अमेरिकी राष्ट्रपति ले ‘ट्रुथ सोसल’ मा इरानलाई धन्यवाद दिएका थिए। उनले होर्मुजमार्ग खुला भएकोप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए। तर केही मिनेटमै उनले अर्को सन्देशमार्फत अमेरिकी नाकाबन्दी जारी रहने स्पष्ट पारेपछि स्थिति झन् जटिल बनेको छ।

दुवै देशका परस्पर विरोधाभासी अभिव्यक्तिका कारणको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन। इरानले आफ्नो बन्दरगाहमाथिको नाकाबन्दी नहटे जलमार्ग पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिइरहेको छ। यद्यपि केही जहाजहरू आवतजावत गरिरहेको देखिए पनि कति सुरक्षित रूपमा पार भएका छन् भन्ने यकिन हुन सकेको छैन।

यो खिचातानीले विश्वव्यापी इन्धन आपूर्ति, व्यापार र समुद्री सुरक्षामा गम्भीर असर पर्ने चिन्ता बढाएको छ।

प्रकाशित मिति : २०८३, ४ बैशाख शनिबार  ६ : ४८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा