२०८३, ९ असार बुधबार

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक


काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेस का निवर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। बैठक शनिबार दिउँसो ३:३० बजे काठमाडौंको गोल्फुटारस्थित उनको निवासमा बस्ने जनाइएको छ।

सर्वोच्च अदालत ले पार्टीको आधिकारिकतासम्बन्धी दायर रिट खारेज गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न खड्काले बैठक आह्वान गरेका हुन्। अदालतको निर्णयपछि अब पार्टीभित्र अपनाइने आगामी रणनीतिबारे परामर्श गर्न उनी सक्रिय भएका छन्।

शनिबार बिहानदेखि नै खड्का आफ्ना निकटस्थ नेताहरूसँग आन्तरिक छलफलमा जुटेका छन्। सो क्रममा इन्द्रबहादुर बानियाँ र केदार कार्की लगायतका नेताहरू उनको निवास पुगेका थिए।

यसैबीच, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले र उर्मिला थपलियालगायत नेताहरूसँग पनि खड्काले परामर्श गरेका छन्।

स्रोतका अनुसार अदालतको निर्णयपछि विकसित राजनीतिक अवस्थाबारे समेटेर खड्काले चाँडै औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। सम्भवतः आइतबारसम्म उनको आधिकारिक वक्तव्य आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, ४ बैशाख शनिबार  १ : २७ बजे

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र

चार वर्षपछि विनोद शाही हत्या प्रकरणमा नयाँ मोड : उच्च अदालतबाट ६ जनालाई जन्मकैद

धनगढी । अछामका किशोर विनोद शाहीको हत्या प्रकरणमा जिल्ला अदालतले

प्रतिनिधि विवादले रास्वपाको बन्द सत्र प्रभावित, महाधिवेशन कार्यतालिका अस्तव्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार