२०८३, १० कार्तिक मंगलबार

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी


काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ।

पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गर्दै कार्यवाहक सभापतिको हैसियतमा पटक–पटक विज्ञप्ति जारी गरेपछि कांग्रेस नेतृत्व असन्तुष्ट बनेको हो। यस विषयमा केन्द्रीय अनुशासन समितिको बुधबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने तयारी गरेको एक शीर्ष नेताले बताएका छन्।

खड्काले हालै कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता खारेज गर्ने निर्णयप्रति आपत्ति जनाएका थिए। त्यसअघि पनि उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरोध गर्दै वक्तव्य सार्वजनिक गरेका थिए।

यस्तै, उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकसमेत कार्यवाहक सभापतिको हैसियतमा बोलाएका थिए, जसलाई पार्टीभित्र ‘समानान्तर गतिविधि’का रूपमा लिइएको छ।

यसअघि १८ चैतमा बसेको अनुशासन समितिको बैठकले यस्ता गतिविधिलाई गम्भीर अनुशासन उल्लंघन मानेर कारबाही प्रक्रिया अघि बढाउने संकेत दिएको थियो।

अब बस्ने बैठकपछि खड्कासँग स्पष्टीकरण माग्ने र आवश्यक परे थप कारबाही गर्ने विषयमा कांग्रेसले निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८३, १ बैशाख बुधबार  १० : ५२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा