२०८३, १० कार्तिक मंगलबार

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे


काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको छ। पछिल्लो हेरफेरसँगै गृहमन्त्री सुधन गुरुङ दुई स्थान तल झर्दै पाँचौं नम्बरमा पुगेका छन्।

यसअघि तेस्रो स्थानमा रहेका गुरुङको स्थान परिवर्तन हुँदा नयाँ समीकरण स्पष्ट देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह पछि अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो वरियतामा यथावत रहेका छन्।

नयाँ सूचीअनुसार परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो स्थानमा उक्लिएका छन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा छन्। त्यसपछि गृहमन्त्री गुरुङ पाँचौं नम्बरमा राखिएका छन्।

छैटौं स्थानमा भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री सुनिल लम्साल, सातौंमा कानुनमन्त्री सोविता गौतम रहेकी छन्।

त्यसपछिको क्रम पनि पुनःसंरचना गरिएको छ, जसमा सीता बादी, प्रतिभा रावल, निशा मेहता, सस्मित पोखरेल लगायतका मन्त्रीहरू क्रमशः सूचीकृत छन्।

यसैगरी खडक राज पौडेल १२औं स्थानमा रहेका छन् भने डा. विक्रम तिमिल्सिना र गीता चौधरी त्यसपछि छन्। अन्तिम वरियतामा श्रममन्त्री दिपक कुमार साह कायम छन्।

सरकारले औपचारिक कारण नखुलाए पनि यसलाई मन्त्रिपरिषद्‌भित्र कार्यसम्पादन, प्रभाव र समन्वयलाई पुनःसन्तुलन गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  १ : ३० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा