२०८३, ८ भाद्र मंगलबार

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै


काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न लागेको छ। यो बैठक कार्यावाहक उपाध्यक्ष र संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ को प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई लिएर बोलाइएको हो। बैठक दिउँसो १ बजे तय गरिएको छ।

पार्टीका विभिन्न नेताहरूको दबाबमा आयोजना गरिएको उक्त बैठकमा, बादलको अभिव्यक्ति पार्टीको नीति र मान्यतासँग मेल नखाएको विषयमा छलफल हुनेछ। पार्टीका उपाध्यक्ष विष्णु पौडेलले बादलले उठाएको विषयलाई पार्टीको आधिकारिक लाइनको विपरीत भएको भन्दै स्पष्ट पारेका छन्।

त्यसैगरी, अर्का उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले पनि बादलको प्रस्तुतिप्रति आलोचना गरेका छन्। पौडेलले भने, “आजको बैठकमा गम्भीर छलफल हुनेछ र उपयुक्त निर्णय लिने अपेक्षासमेत राखेका छौं।”

बादलको अभिव्यक्तिलाई लिएर एमालेको आन्तरिक आलोचना बढेको छ। विशेषगरी, उनको अभिव्यक्ति शैलीलाई संसदीय मर्यादाविपरीत रहेको उल्लेख गर्दै पार्टी भित्रका केही नेताहरूले असहमतिपूर्वक प्रतिक्रिया दिएका छन्।

सचिवालय बैठकको परिणामले पार्टीका आगामी कदम र आन्तरिक समन्वयमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, १९ चैत्र शुक्रबार  ९ : ०५ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन