२०८३, २६ भाद्र शनिबार

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न


काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित चैत २ देखि ८ गतेसम्म सञ्चालन गरेको ग्लोबल मनी वीक २०२६ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

संसारभरका युवा पुस्तामा वित्तीय साक्षरता, जिम्मेवार आर्थिक व्यवहार र आर्थिक सशक्तीकरणको चेतना फैलाउने उद्देश्यले मनाइने यस अन्तर्राष्ट्रिय अभियानमा बैंकका सातै प्रदेशस्थित शाखाहरू सक्रिय रूपमा सहभागी भएका थिए।

कार्यक्रमअन्तर्गत विद्यार्थी, युवा तथा सर्वसाधारणलाई बचत गर्ने बानी, लगानीको महत्व, डिजिटल बैंकिङको प्रयोग, ऋण व्यवस्थापन र दीर्घकालीन वित्तीय योजना सम्बन्धी व्यावहारिक जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।

यस अवसरमा विद्यालय तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कक्षा, डिजिटल भुक्तानी प्रणालीबारे प्रयोगात्मक तालिम, बचत खाता खोल्ने अभियान, महिला तथा युवा उद्यमी लक्षित उद्यमशीलता कार्यक्रम, प्रभातफेरी, हाजिरीजवाफ प्रतियोगिता र विज्ञ समूह छलफल जस्ता गतिविधि सञ्चालन गरिएका थिए।

बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत आम नागरिकमा वित्तीय पहुँच, ज्ञान र सचेतना विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, १७ चैत्र बुधबार  ७ : ०१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।