काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन्। हिजो साँझ नेपाल उद्योग परिसंघसँगको भेटमा उनले निजी क्षेत्रमुखी, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजना प्रस्तुत गरे।
मन्त्री वाग्लेका अनुसार, सरकारले निजी क्षेत्रप्रति सहयोगी नीति अपनाउँदै १५ वटा पुराना कानून खारेज गरेको छ। ‘उदार अर्थतन्त्रको नाममा छाडा नहुन दिनेछौं,’ उनले भने।
उद्योग र व्यापारमा निजी क्षेत्रलाई सहयोग गर्ने, नमूना औद्योगिक पार्क निर्माण गर्ने र विदेशी तथा स्वदेशी लगानीको सुरक्षा सुनिश्चित गर्ने सरकारको प्रतिबद्धता उनले दोहोर्याए।








प्रतिक्रिया