२०८३, ११ कार्तिक बुधबार

पपुलिज्मको उत्कर्षमा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न आग्रह : टीकाराम भट्टराई

पपुलिज्मको उत्कर्षमा न्यायालयमाथि अत्यधिक भरोसा नगर्न आग्रह : टीकाराम भट्टराई


काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई ले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षी दलहरूलाई न्यायालयमाथि अत्यधिक निर्भर नहुन सुझाव दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै उनले पपुलिज्म हाबी भएको अवस्थामा लोकतान्त्रिक संस्थाहरू दबाबमा पर्न सक्ने संकेत गरेका हुन्। उनी केपी शर्मा ओली पक्षबाट बन्दीप्रत्यक्षीकरण रिटमा बहस गर्ने अधिवक्तासमेत हुन्। सर्वोच्च अदालतले उक्त रिट जारी नगरेपछि उनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।

भट्टराईले प्रतिपक्षी दलहरूलाई राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न एकजुट हुन आह्वान गर्दै संघर्ष दीर्घकालीन हुन सक्ने उल्लेख गरेका छन्। उनले आन्तरिक रूपमा पार्टीहरूलाई सुदृढ बनाउँदै भ्रष्ट, अनैतिक र जनताबाट अस्वीकृत नेतृत्वलाई हटाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

उनका अनुसार पपुलिज्मको उत्कर्षमा नागरिक अधिकार, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक अभ्यासको दायरा संकुचित हुने खतरा रहन्छ, जसप्रति सचेत रहन उनले आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, १५ चैत्र सोमबार  ७ : ३९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा