२०८३, ११ कार्तिक बुधबार

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले केहीबेरमै देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै कार्की पहिलो प्रधानमन्त्री बनेकी थिइन्।

६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्ने म्यान्डेटअनुसार कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेको थियो। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ सिट जित्दै एकल सरकार गठन गर्ने अवस्थामा पुगेको छ।

यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री बन्ने तयारीमा छन्। त्यसअघि वर्तमान प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

प्रकाशित मिति : २०८२, ११ चैत्र बिहीबार  ८ : ०७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता