काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले केहीबेरमै देशवासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार पतन भएको थियो। त्यसपछि नागरिक सरकारको नेतृत्व गर्दै कार्की पहिलो प्रधानमन्त्री बनेकी थिइन्।
६ महिनाभित्र निर्वाचन सम्पन्न गरेर सत्ता हस्तान्तरण गर्ने म्यान्डेटअनुसार कार्की नेतृत्वको सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गरेको थियो। उक्त निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइ सिट जित्दै एकल सरकार गठन गर्ने अवस्थामा पुगेको छ।
यसैबीच, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह शुक्रबार प्रधानमन्त्री बन्ने तयारीमा छन्। त्यसअघि वर्तमान प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।








प्रतिक्रिया