२०८२, १४ फाल्गुन बिहीबार

घरदैलो पछि सिन्धुलीमा एमाले उमेदवार उत्साहित

घरदैलो पछि सिन्धुलीमा एमाले उमेदवार उत्साहित


सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका वडा नं. १० अन्तर्गतका जाहानटोल, मिलनचोक लगायत आसपासका बस्तीहरूमा घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीय समुदायको उपस्थितिले उत्साह थपेको छ ।
बिहिवार बिहानदेखी चुनावी अभियानलाई तीव्र बनाउँदै स्थानीय वासिन्दा उमेदवार थापाले टोल–टोलमा पुगेर मतदातासँग साक्षात्कारमा जुटेपछि यो क्षेत्रमा एमाले नेताहरु उत्साहित बनेका छन् ।
ठूलो संख्यामा उपस्थित भएको स्थानीयले यस अगाडि मत दिएर जिताएका जनप्रतिनिधी फर्केर पनि नआएको र आफ्‌ना समस्याहरु कहिल्यै नसुनेको कुरा भेटघाटका क्रममा स्थानीय बासिन्दाले थापालाई सुनाएका थिए ।
स्थानीयले यस पटक आफूहरुले एमालेका उमेदवार थापालाई मतदान गर्ने सल्लाह गरेको र उहाँ आफ्‌नै टोलमा आएपछि भरोसा जागेको स्थानीय वासिन्दा आशा माझीले बताइन् । उनले गाउँमा नयाँ भन्दै कराउनेहरुले पनि अहिले भरोसा योग्य उमेदवार खोजिरहेको अहिले सबैले एमालेकै उमेदवार राम्रो भन्न थालेको बताइन् ।
उनीहरुले आगामी निर्वाचनमा थापालाई विजयका लागि अग्रिम शुभकामना दिँदै आफ्‌नो टोलमा स्थानीय सत्ताद्धारा गरिएको बिकासको बिभेद र आफूले भोग्दै आएको समस्याहरु प्रष्ट रुपमा राखेका थिए । उनीहरूले विशेषगरी खानेपानीको अभाव, कच्ची सडकको स्तरोन्नति, कृषि सिँचाइको व्यवस्था, युवाका लागि रोजगारी सिर्जना, स्वास्थ्य चौकीको सेवा सुदृढीकरण तथा बाढी–पहिरो नियन्त्रण जस्ता विषयमा थापालाई ध्यानाकर्षण गराएका थिए । उनीहरुले विकास निर्माणका काममा दीर्घकालीन योजना र पारदर्शिता आवश्यक रहेको पनि उल्लेख गरेका थिए ।
स्थानियकोे समस्या र सुझावबारे आफ्‌नो धारणा राख्दै उम्मेदवार थापाले जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । “यहाँका बासिन्दाले उठाउनुभएको प्रत्येक समस्या हाम्रो साझा एजेन्डा हो । खानेपानी, सडक, सिँचाइ र रोजगारीका विषयमा ठोस योजना बनाएर कार्यान्वयनमा लैजानु मेरो प्राथमिकता हुनेछ,” उनले भने । उनले निर्वाचनपछि जनप्रतिनिधि र स्थानीय समुदायबीच समन्वय गरी विकासका कामलाई तीव्रता दिने र बजेट विनियोजनमा आवश्यक्ताका आधारमा न्यायोचित प्राथमिकता दिइने प्रतिवद्धता जनाए ।
थापाले आफू विगतदेखि नै क्षेत्रका विकास निर्माणमा सक्रिय रहेको उल्लेख गर्दै अधुरा योजना पूरा गर्ने र नयाँ आवश्यकता अनुसार कार्यक्रम अघि बढाउने बताए । “युवालाई सीपमूलक तालिम र स्वरोजगारका अवसरसँग जोडेर गाउँमै आयआर्जनको वातावरण सिर्जना गर्न पहल गर्नेछु,” उनले भने । साथै, विपद जोखिम न्यूनीकरण र स्वास्थ्य सेवा पहुँच विस्तारलाई पनि प्राथमिकतामा राखिने आफ्‌नो प्रतिवद्धता पत्रमा उल्ल्ेख गरेको उनले स्पष्ट पारे ।
सो कार्यक्रममा वृद्धवृद्धा, महिला, नव युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । आफ्‌नो टोलमा आइपुगेका उमेदवार थापालाई स्थानीयले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए ।
घरदैलोका क्रममा एमालेका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरू मात्र होइन, सर्वसाधारणहरु पनि सहभागी थिए ।आउँदो फागुन २१ गेको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ ।
क्षेत्र नंं २ का मरिण, हरिहरपुरगढी, ध्याङलेख र सुनकोशीको चुनाबी कार्यक्रम सकेर थापा कमलामाई नगरपालिकामा केन्द्रीत भएका छन् ।
यस क्षेत्रमा नेपाली कांग्रेसकी उमेदवार शुशीला थिङ, नेकपा उमेदवार लेखनाथ दाहाल राजनका बिरुद्ध सोही पार्टीका नेता खड्गवहादुर वाइवा र महेश्वर दाहालले बागी उमेदवारी दिएर घरदैलो अभियानलाई तिब्रता दिन थालेपछि एमालेका नेता कार्यकर्ताले चुनाब केन्द्रीत अभियानलाई तिब्रता दिएका छन् ।
बिगतको निर्वाचनमा कांग्रेस माओवादी गठबन्धनका बेला २७ हजार मत ल्याएर राजन दाहाल बिजयी बन्दा एकै चुनाब लडेका एमाले उमेदवार मनोजजंग थापाले २१ हजार ७ सय मत ल्याएका थिए । त्यस बेला गठबन्धन बिरुद्ध भारी मत ल्याएका थापासँग नेपाली कांग्रेसकी उमेदवार थिङको प्रतिस्पर्धा हुने विश्लेषण गर्न थालिएको छ ।
स्थानीय बासिन्दाहरु राजन दाहालको मत बागी बनेका महेश्वर दाहालले धेरै लैजाने आँकलन गरेसँगै यस क्षेत्रमा एमाले उमेदवार थापाले प्राप्त गर्ने मतान्तर निकै फराकिलो हुने माओवादी केन्द्रकै नेताहरुको बुझाई छ ।

-मेनुका बुढाथोकी

प्रकाशित मिति : २०८२, १४ फाल्गुन बिहीबार  २ : ४१ बजे

कसैसँग चुनावी तालमेल गर्दैनौँ, छलफल पनि भएको छैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

चुनावबारे संशय सिर्जना गर्न खोजिएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेस का सभापति गगन थापा ले आगामी

रुपन्देही-२ मा विष्णु पौडेलको लहर : जेनजीदेखि जेष्ठसम्मको साथ, घरदैलोमा उत्साह

बुटवल । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा रुपन्देही–२ मा चुनावी गतिविधि

शंकर पोखरेल को संकल्प पत्र सार्वजनिक : ‘पाँच वर्ष-पाँच क्रान्ति’

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव तथा दाङ

घरदैलो पछि सिन्धुलीमा एमाले उमेदवार उत्साहित

सिन्धुली । नेकपा एमाले सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा