२०८३, २ बैशाख बिहीबार

आजको विदेशी विनिमयदर सार्वजनिक

आजको विदेशी विनिमयदर सार्वजनिक


काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

निर्धारित दर अनुसार, अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा कायम भएको छ।

यस्तै, युरो एकको खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा कायम गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५० पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११५ रुपैयाँ १४ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ११ पैसा र बिक्रीदर २१ रुपैयाँ २० पैसा कायम गरिएको छ।

यसैगरी, साउदी रियाल, कतारी रियाल, थाइ भाट, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमानी रियाल तथा भारतीय रुपैयाँको विनिमयदर समेत सार्वजनिक गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने स्पष्ट पारेको छ। साथै, वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहने जनाएको छ।

प्रकाशित मिति : २०८२, १२ फाल्गुन बुधबार  ८ : ५८ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको