२०८३, ११ कार्तिक बुधबार

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली


विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले पार्टीद्वारा गठित ‘नेशनल भोलेन्टियर्स फोर्स’ मार्फत देशभरका मतदान केन्द्रमा स्वयंसेवक परिचालन गरिने बताएका छन्।

झापाको दमक मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यका संवैधानिक तथा महत्वपूर्ण संरचनामाथि हुने सम्भावित आक्रमण रोक्न संगठित युवा शक्ति आवश्यक रहेको धारणा राखे। विगतका आन्दोलनका क्रममा सरकारी संरचनामा भएको तोडफोड र आगजनीबाट पाठ सिक्दै यो फोर्स गठन गरिएको उनले स्पष्ट पारे।

‘विगतमा युवाशक्ति व्यवस्थित नहुँदा राज्यका संरचनामा ठूलो क्षति पुग्यो, अब त्यस्तो अवस्था दोहोरिन दिइने छैन,’ ओलीले भने, ‘देशका संस्थाहरूमाथि हुने आक्रमण अब कुनै पनि हालतमा स्वीकार्य हुँदैन।’

आगामी निर्वाचनलाई निष्पक्ष र सुरक्षित बनाउन एमालेले विशेष रणनीति अपनाउने उनले बताए। निर्वाचनका दिन देशभरका प्रत्येक मतदान केन्द्रमा कम्तीमा ३० जनाका दरले ‘नेशनल युथ फोर्स’ का स्वयंसेवक खटाइने जानकारी उनले दिए।

ओलीको उक्त अभिव्यक्तिपछि निर्वाचन सुरक्षामा राजनीतिक दलको भूमिकाबारे बहस सुरु भएको छ। निर्वाचन सुरक्षाको संवैधानिक जिम्मेवारी राज्य निकायसँग रहने भए पनि दलहरूले आफ्ना स्वयंसेवक परिचालन गर्ने घोषणा गरेसँगै त्यसको प्रभाव र सीमा सम्बन्धी प्रश्न उठ्न थालेका छन्।

प्रकाशित मिति : २०८२, ११ फाल्गुन मंगलबार  १२ : ०४ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३