२०८३, ११ कार्तिक बुधबार

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान


भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको सडकका बीचबीचमा अबिर र रंगहरुले बनाईएको ठूला सूर्यको चित्र । सूर्य अंकित चित्रको वरिपरि ‘नेकपा एमाले जिन्दावाद, सूर्य चिन्हमा भोट हालौ’ लेखिएको । कुनै वरिष्ट कलाकारले बनाएको चित्र भन्दा कम थिएन, त्यहाँ सडकै भरि टालै भरि कोरिएका यस्ता चित्रहरु ।

त्यही सूर्य अंकित चित्र नजिकै सोमबार किशोर किशोरीदेखि, युवायुवती, महिला, पुरुष मात्रै होइन, जेनजी पुस्तादेखि जेष्ठ नागरिकहरुसम्म हात हातमा फूल, माला, अबिर, टीका, खादा हातमा लिएर प्रतिक्षा गरिरहेको देखिन्थ्यो ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी चित्तपोलले सोमबार आयोजना गरेको नेकपा एमालेका सचिव एवं फागुन २१ गते हुने प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको घरदैलो कार्यक्रममा देखिएको जनलहर निकै उत्साहबर्धक देखिन्थ्यो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको गृह बस्तीमा भएको घरदैलोमा स्थानीइ जनताले मात्रै नभई नगर प्रमुख थापाको घरदैलोमा भएको भव्य स्वागत र आतिथ्यताले घरदैलोमा सहभागिहरुको मन निकै प्रफुल्लित देखिन्थ्यो ।

घरदैलोमा उम्मेदवार महेश बस्नेतसंगै सहभागि नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष किरण थापा मगर, नेता शिवराम राउत, शर्मिला लम्साल बस्नेतलगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागितासंगै स्थानीयको स्वागतले विजयको सुनिश्चितता गरेको सन्देश दिईरहेको आभाष हुन्थ्यो ।

घरदैलो नगर प्रमुख थापाको घर आँगनमा पुग्दा उहाँ र उहाँको परिवारले गरेको आतिथ्यता, स्वागतसंगै घरदैलोमा सहभागिहरुलाई निकै खुसी दिएको थियो ।
घरदैलोमा जेनजी पुस्ताहरुले नेता महेश बस्नेतसंग सेल्फी खिच्न र नाचगाँनमा सहभागि हुन आतुर देखिन्थे । महिलाहरु एमालेको गीतमा नाच्न व्यस्त देखिन्थे । लाग्थ्यो चित्तपोलको गाउँबस्तीमा आज भव्य महोत्सव चलिरहेको छ । (हेरौ तस्विरमा चित्तपोलको घरदैलो ।)

प्रकाशित मिति : २०८२, १० फाल्गुन सोमबार  १० : ४४ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३