२०८३, ७ भाद्र सोमबार

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान

घरदैलोमा महेश बस्नेतको साथमा युवा पुस्ता, चित्तपोलवाीको आव्हान, सूर्यमा मतदान


भक्तपुर, ११ फागुन । सूर्यविनायक नगरपालिका–१० चित्तपोलको कालापत्र सडकदेखि चोकचोकको सडकका बीचबीचमा अबिर र रंगहरुले बनाईएको ठूला सूर्यको चित्र । सूर्य अंकित चित्रको वरिपरि ‘नेकपा एमाले जिन्दावाद, सूर्य चिन्हमा भोट हालौ’ लेखिएको । कुनै वरिष्ट कलाकारले बनाएको चित्र भन्दा कम थिएन, त्यहाँ सडकै भरि टालै भरि कोरिएका यस्ता चित्रहरु ।

त्यही सूर्य अंकित चित्र नजिकै सोमबार किशोर किशोरीदेखि, युवायुवती, महिला, पुरुष मात्रै होइन, जेनजी पुस्तादेखि जेष्ठ नागरिकहरुसम्म हात हातमा फूल, माला, अबिर, टीका, खादा हातमा लिएर प्रतिक्षा गरिरहेको देखिन्थ्यो ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी चित्तपोलले सोमबार आयोजना गरेको नेकपा एमालेका सचिव एवं फागुन २१ गते हुने प्रतिनिधिसभा भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतको घरदैलो कार्यक्रममा देखिएको जनलहर निकै उत्साहबर्धक देखिन्थ्यो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको गृह बस्तीमा भएको घरदैलोमा स्थानीइ जनताले मात्रै नभई नगर प्रमुख थापाको घरदैलोमा भएको भव्य स्वागत र आतिथ्यताले घरदैलोमा सहभागिहरुको मन निकै प्रफुल्लित देखिन्थ्यो ।

घरदैलोमा उम्मेदवार महेश बस्नेतसंगै सहभागि नेकपा एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष किरण थापा मगर, नेता शिवराम राउत, शर्मिला लम्साल बस्नेतलगायत स्थानीय नेता तथा कार्यकर्ताको सहभागितासंगै स्थानीयको स्वागतले विजयको सुनिश्चितता गरेको सन्देश दिईरहेको आभाष हुन्थ्यो ।

घरदैलो नगर प्रमुख थापाको घर आँगनमा पुग्दा उहाँ र उहाँको परिवारले गरेको आतिथ्यता, स्वागतसंगै घरदैलोमा सहभागिहरुलाई निकै खुसी दिएको थियो ।
घरदैलोमा जेनजी पुस्ताहरुले नेता महेश बस्नेतसंग सेल्फी खिच्न र नाचगाँनमा सहभागि हुन आतुर देखिन्थे । महिलाहरु एमालेको गीतमा नाच्न व्यस्त देखिन्थे । लाग्थ्यो चित्तपोलको गाउँबस्तीमा आज भव्य महोत्सव चलिरहेको छ । (हेरौ तस्विरमा चित्तपोलको घरदैलो ।)

प्रकाशित मिति : २०८२, १० फाल्गुन सोमबार  १० : ४४ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन