२०८२, १० फाल्गुन आईतबार

एमालेको प्रतिबद्धता पत्र सार्वजकि : नेता महेश बस्नेत भन्छन् ‘यसअघि विकासको आधीवेहरी ल्यायौ, तीन वर्षको रिक्तता मेट्दै अब विकासका कायापलट ल्याउछौं’

एमालेको प्रतिबद्धता पत्र सार्वजकि : नेता महेश बस्नेत भन्छन् ‘यसअघि विकासको आधीवेहरी ल्यायौ, तीन वर्षको रिक्तता मेट्दै अब विकासका कायापलट ल्याउछौं’


भक्तपुर, १० फागुन । नेकपा ९एमाले० निर्वाचन परिचालन कमिटी, भक्तपुरले आईतबार नेकपा एमाले भक्तपुरको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।
पार्टी कार्यालय सूर्यविनायकमा आयोजना गरेको प्रतिबद्धता सार्वजनिकिकरण कार्यक्रममा नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं–२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेत, क्षेत्र नं। १ का उम्मेदवार सोम मिश्र, नेकपा एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा, प्रचार विभाग प्रमुख, दुबै क्षेत्रका निर्वाचन परिचालन समितिका पदाधिकारीलगायतले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो ।

एमाले सचिव बस्नेतले प्रतिवद्धता पत्रमा भन्नुभएको छ की, ‘हामी र हाम्रा कार्यक्रम पार्टीमुखी होइनन्, जनमुखी छन् । भक्तपुर क्षेत्र नं–२ का जनतामा म विकासप्रेमी, कर्मशील, निडर र साझाा उम्मेदवारको रूपमा आएको बताउदै विगत तीन वर्षमा भक्तपुरले भोगेको रिक्ततालाई अब पुरा गर्ने बताउनुभयो ।

प्रतिबद्धता पत्रमा पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षालाई केन्द्रविन्दुमा राखेर आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई भक्तपुरबाट पूरा गर्ने उद्घोण गर्दै एमाले सचिव एवं भक्तपुर क्षेत्र नं. २ का उम्मदवार महेश बस्नेतले विगतको कार्यकालमा एमालेले सुरु गरेर पूर्वाधार विकासका धेरै आयोजनाहरु प्ुरा गरेको बताउदै अब अधुरा योजनालाई पूर्णता दिने प्रतिबद्धतासहित पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षाको थप विकासलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

भक्तपुरलाई विकासको मानक बनाउने दाबी गर्दै यसपटक वीर अस्पताललाई भक्तपुरमा स्थानान्तरण गर्ने देखि मध्यपुरथिमिमा रात्रीकालीन बजार सञ्चालन गर्ने, ख्वप विश्व विद्यालयलाई साँस्कृति विश्व विद्यालयको रुपमा विकास गर्ने, देशकै जेठो भक्तपुरमा चिकित्सा अध्ययन प्रतिष्ठान स्थापना गर्ने पहल गर्ने, सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने र नेपाल–कोरिया मैत्री अस्पतालको स्तरोन्नति गर्ने, भक्तपुर र मध्यपुरथिमि नगर क्षेत्रमा रात्रीकालिन पर्यटने विकास गर्ने,

भक्तपुरका डाँडाहरूलाई समेटेर विशेष पर्यटकीय प्याकेज ल्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । यसअघि सांसद हुँदा र मन्त्री हुँदा भक्तपुरको सडक, पुल, भूकम्पले भत्किएका विद्यालय भवन पुननिर्माण, सम्पदा पुर्ननिर्माण विकास एवं विस्तार गरेको, सूर्यविनायक–धुलिखेल सडक निर्माण सम्पन्न गराउन पहल गर्नेदेखि युवाको सीप र सोचाईलाई रोजगारीसंग जोडेर लैजाने जस्ता बिभिन्न कार्यक्रमहरु सार्वजनिक गर्नुभएको छ ।

पेप्सीकोला–सानोथिमि–सल्लाघारी सडक विस्तार, अरनिको राजमार्गको सौन्दर्यीकरण र कोटेश्वरको ट्राफिक जाम कम गर्न जडिबुटी–मनोहरा करिडोरमा बेलब्रिज सञ्चालनलाई प्राथमिकतामा राखिएको, भक्तपुरको खानेपानी समस्या समाधान गर्न ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिने प्रतिवद्धता पत्रमा उल्लेख गर्दै यसका लागि ‘वाटर बैंकिङ’ को अवधारणा कार्यान्वयन गर्ने निर्माण गर्ने नयाँ योजना अघि सारिएको छ ।

आफ्नो अघिल्लो कार्यकालमा भक्तपुरमा विकासको कायापलट गरेको दाबी गर्दै बस्नेतले सोही जगमा टेकेर बाँकी काम पूरा गर्न मत मागेका बताउदै अब सूर्यविनायक क्षेत्रमा अधूरो रहेको स्मार्ट सिटीलाई कि पूर्णता दिने, नभएर जग्गा रोक्का फुकुवा गर्ने गरि तिब्र गतिमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बस्नेतले प्राविधिक शिक्षालाई जोड दिँदै ‘एक पालिका, एक प्राविधिक शिक्षालय’ को अवधारणा ल्याएका छन्। सामुदायिक क्षेत्रमा ‘पोलिटेक्निक कलेज’ स्थापना गर्ने र ‘एक घर एक स्नातक’ अभियानको लक्ष्य लिने उनले बताएका छन्। युवाहरूलाई रोजगारीसँग जोड्न स्वरोजगार उन्मुख कार्यक्रम ल्याउने उनको योजना छ।

सहरी विकासतर्फ गठ्ठाघरमा पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउने र परम्परागत बस्तीलाई जोगाउँदै नयाँ क्षेत्रमा ‘ल्यान्ड पुलिङ’ मार्फत स्मार्ट सिटीको विकास गर्ने योजना प्रतिवद्धता पत्रमा समेट्दै एमाले सचिव महेश बस्नेतले विगतमा हनुमन्ते कोरिडोर निर्माण, ५ अर्ब ५० करोडको सडक, रंगशाला निर्माण र दर्जनौं पुल निर्माणलाई आफ्नो सफलताको रूपमा प्रस्तुत गर्नु भएको छ ।

२०७४ सालमा तीन वटै तहमा एमालेका प्रतिनिधि निर्वाचित हुँदा भएका विकासका गौरवपूर्ण कार्यहरु, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, ढल, पुल, सांस्कृतिक सम्पदाको विकास र प्रवद्र्धन प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवद्धतामा आगामी पाँच वर्षमा भक्तपुरको दिर्घकालीन रणनीति, आर्थिक विकास, सामाजिक विकास तथा उत्पादन, कला, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, स्मार्ट सिटी, सूचना प्रविधिलगातयतका कार्यहरुलाई रोजगारीसँग जोड्ने महत्वकांक्षी योजनाहरु समेटीएका छन् ।

त्यस्तै कार्यक्रममा भक्तपुर क्षेत्र नं। १ का उम्मेदवार एवं एमाले नेता सोम मिश्रले प्रतिबद्धता पत्र सार्वजनिकिकरणमा बोल्दै भक्तपुरमा जनताको सहज पहुँचमा रहने गरी सरकारी तथा गैरसरकारी सेवा विस्तार, शुसासन कायम, शान्तिसुरक्षा, युवा तथा महिला शसक्तीकरण, कृषि तथा रैथाने उत्पादनको बजार प्रवद्र्धन, सूचना प्रविधिको विकास, विपद् व्यवस्थापन, पर्यावरण तथा बन संरक्षण लगायतका कुराहरुलाई विस्तृतमा समेटिएको बताउनुभयो ।

उहाँले भक्तपुर क्षेत्र नं. १ मा सिंहदरबारमा पहुँच पुर्याएर भक्तपुरको क्षेत्र नं। १ को सम्ुपूर्ण क्षेत्रका विकासमा फड्को मार्न सक्ने नेतृत्व एमालेसंग भएको बताउनुभयो ।
कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष बचन देउजाले कार्यक्रम माथि प्रकाश पार्दै एमालेले घोषणा पत्रमा रहेका कामलाई पूर्णता दिने बताउदै यसअघिको कार्यकालमा एमालेले ल्याएको विकासको आधिबेहरीलाई हेरेर विश्वास गर्न आग्रह गर्नुभयो । कार्यक्रम सञ्चालन गर्दै पार्टी प्रचार विभाग प्रमुख एवं निर्वाचन प्रचारप्रसार समितिका संयोजक पुष्पराज बस्नेतले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

प्रकाशित मिति : २०८२, १० फाल्गुन आईतबार  १० : ४३ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार