२०८३, १० असार बिहीबार

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा


सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान र शालिन उमेदवारका रुपमा अलग परिचय बनाएका एमाले उमेदवार मनोजजंग थापाले कमलामाई नगरपालिका क्षेत्रमा आफ्‌नो चुनाबी अभियानलाई तिब्रता दिन थालेका छन् ।
जिल्ला सदरमुकमा सिन्धुलीमाढी अर्न्तगत रहेको वडा नंं ६ मगरटोलमा आज बिहान पुग्दा मतदाताको सत्साह निकै बलियो देखिएको छ ।  टोलमा पुगेर मतदाता समक्ष मत माग्न थाल्नु भएको छ ।
आगामी फागुन २१ हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका दौरानमा मतदाता समक्ष फरक पहिचान बनाएका थापालाई उक्त टोलमा पुग्दा मतदाताले स्वागतगर्दै बिजयको शुभकामना दिएका थिए ।
मतदाताको दैलोमा पुग्नु भएका थापाले सामाजिक सद्भाब, स्थिायित्व र विकासका लागि सूर्य चिन्हमा मतदान गरेर योग्य उमेदवारलाई प्रतिनिधीका रुप्मा पठाउन आग्रह गर्नुभयो । मगरटोलको घरदैलोमा उहाँले ढुक्कका साथ सूर्य चिन्हमा मतदान गरेर स्थायित्व र विकासका लागि साथ दिन मतदातालाई आग्रह गर्नुभएको थियो ।
त्यसैगरी जारी घरदैलोमा पुगेर उहाँले हाम्रा धर्म संस्कृति र रितिरिवाजहरु मौलक परम्परा रहेको बताउँदै त्यसलाई हामी सबैले स्वीकार गरिसकेको बताउनुभयो । हाम्रो संविधानले सबै धर्मलाई साझा मानेको स्मरणगर्दै उहाँले आफ्‌नो आस्था विश्वास माथि सम्मान गर्ने आफ्‌नो स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै धन्सरे टोलमा पुग्नु भएका एमाले उमेदवार थापाले स्थानीय पुग्यप्रसाद अधिकारीको घरमा जारी श्रीमद्भागवत सप्ताहमा पुग्दा उपस्थित भक्तालुहरुले स्वागत गर्नुभएको थियो । उहाँले सो अबसरमा पुजा अर्चना गर्नुभएको छ । अघिल्लो दिन रामेश्वर धाममा जारी श्रीमद् भागवत सप्ताहमा पुगेर पुजा अर्चना गर्नुभएको थियो ।
उमेदवार थापाले आजै वडा नंं ६ रातमाटा टाउन प्लानिङमा पुगेर मतदाता समक्ष आफ्‌नो कुरा राख्नु भएको छ ।
उहाँले कमलामाई नगरपालिकाले व्यवस्थित बजारीकरणमा भुमिका खेल्न नसकेको र त्यसका निम्ती एमालेले विजय प्राप्त गर्न जरुरी भएको बताउनुभयो । सिन्धुलीगढी पुननिर्माण नेकपा एमाले नेतृत्वमैं भएको र अहिले उक्त पुननिर्माणले गति लिन नसकेको उल्लेख गर्नुभयो ।
स्मरणीय छ, थापा अहिले राजनैतिक तथा मतदातासँगको भेटघाटलाई तिब्रता दिनुभएको छ । सुनकोशी, ध्याङलेख, मरिण र हरिहरपुरगढीमा चुनाबी महौल बनाएर शहरी क्षेत्रमा प्रवेश गर्नुभएका थापाले विजय प्राप्त गर्ने सिन्धुलीका चिया चौतारामा चर्चा चल्न थालेको छ ।

प्रकाशित मिति : २०८२, ९ फाल्गुन आईतबार  ९ : ४० बजे

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा