२०८३, २० जेष्ठ बिहीबार

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

पर्यटन पूर्वाधार विस्तारले रोजगारी सिर्जना र स्थानीय आयवृद्धि हुने


सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने दाबी गरिएको छ । कमलामाई नगरपालिका २ मा आयोजित चुनावी कार्यक्रममा एमाले सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार मनोज जंग थापाले सुरुङ मार्ग आफ्नो पार्टीकै अगुवाइमा बन्ने स्पष्ट पार्दै विकास योजनामा निरन्तरता दिन मतदातालाई आग्रह गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले एमाले नेतृत्वको सरकारको पालामा उक्त सुरुङ मार्गका लागि बजेट विनियोजन गरिएको भए पनि पछिल्लो सरकारले बजेट कटौती गरेको खुलासा गरे । उनले सडक सञ्जाल विस्तार र यातायात सहजताले क्षेत्रीय आर्थिक गतिविधि बढ्ने भन्दै परियोजना शीघ्र सुरु गरिने बताए ।

थापाले यस क्षेत्रस्थित त्रयम्बकेश्वर ज्योतिर्लिङ्गलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने तथा चियाबारीलाई व्यवस्थित बजार र पर्यटकीय गन्तव्य बनाउने योजना पनि प्रस्तुत गरे । पर्यटन पूर्वाधार विस्तारले रोजगारी सिर्जना र स्थानीय आयवृद्धि हुने उनको भनाइ थियो ।

माओवादी नेतृत्वको पालिकाले विकासमा विभेद गरेको आरोप लगाउँदै उनले अहिले जनस्तरमा त्यसविरुद्ध असन्तोष बढेको दाबी गरे । साथै सार्वजनिक सम्पत्ति र संरचनामा तोडफोड तथा आगजनी गर्ने गतिविधि लोकतान्त्रिक मूल्यविपरीत भएको उल्लेख गर्दै उनले मतदातालाई सचेततापूर्वक सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा निर्मल विक्रम थापाको नेतृत्वमा एक दर्जन युवाहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई उम्मेदवार थापाले अबिर र खादा लगाएर स्वागत गरेको २ नं. प्रचार संयोजक कृष्णहरि घिमिरेले जानकारी दिए ।

सो अवसरमा एमाले नेता बिनोद खड्काले अघिल्ला निर्वाचित सांसदले चियाबारी क्षेत्रको विकासमा पर्याप्त चासो नदिएको टिप्पणी गरे । उनले आफ्नो कार्यकालमा सम्पन्न योजनाहरूको विवरण सार्वजनिक गर्दै अधुरा योजनालाई निरन्तरता दिन एमालेलाई पुनः अवसर दिनुपर्ने धारणा राखे ।

स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा विभिन्न विकास प्रतिबद्धता सार्वजनिक गरिँदा चुनावी माहोल थप सक्रिय बनेको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति : २०८२, ८ फाल्गुन शनिबार  ८ : ५१ बजे

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय