२०८३, ११ कार्तिक बुधबार

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक

सप्तरीमा एमाले झण्डा र उम्मेदवारको तस्वीर जलाएको भिडियो सार्वजनिक


राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २, महदेवा गाउँपालिकाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मो अब्दुल रहमानको तस्वीर र एमालेको चुनाव चिन्ह “सूर्य अंकित झण्डा” जलाइएको भिडियो सार्वजनिक भएको छ।

भिडियोमा रास्वपाका कार्यकर्ताहरूले एमालेविरुद्ध गालीगलौज गर्दै जयकार गरेको देखिन्छ। यस क्रममा एक व्यक्तिले उम्मेदवार रहमानको तस्वीर प्रत्यक्ष जलाएको दृश्यसमेत कैद भएको छ। समूहले “सप्तरी–२ अन्तर्गत महदेवा गाउँपालिकामा एमालेलाई यसरी स्वागत गरिन्छ” जस्ता अशोभनीय शब्द प्रयोग गरेको सुनिन्छ।

स्थानीयस्तरमा यस घटनालाई निर्वाचन आचारसंहिता उल्लङ्घनको रुपमा आलोचना गरिएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर राईले घटना अनुसन्धान अन्तर्गत रहेको बताए।

दाङ घटनाको विरोधमा एमाले निकट यूवा विद्यार्थीहरुले देशका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। राजनीतिक विश्लेषकहरूले यस घटनालाई आगामी निर्वाचनको सुरक्षा र संवेदनशीलताको नयाँ बहसको विषय बनेको ठानेका छन्।

प्रकाशित मिति : २०८२, ७ फाल्गुन शुक्रबार  ११ : ०७ बजे

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल

एन्फा विवादमा नयाँ मोड : कार्यालयको ताला खुल्यो, १३ गते बैठकको तयारी

काठमाडौं । लामो समयदेखि विवाद र गतिरोधमा फसेको अखिल नेपाल

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३