बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार अमित लामाले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालबालिकाका वास्तविक संरक्षक भएको बताएका छन् ।
नमोबुद्ध नगरपालिका–५, कमेरे गाउँमा आयोजित घरदैलो कार्यक्रममा लामाले स्थानीयहरुलाई स्पष्ट रूपमा भने, “विद्यालय र क्याम्पसमा अध्ययनरत सयौैं बालबालिकालाई अध्यक्ष ओलीले प्रत्यक्ष संरक्षकत्व प्रदान गर्नु भएको छ । उहाँ बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा कटिबद्ध हुनुहुन्छ, उमेदवार लामा भने हो ।”
लामाले थपे, “अध्यक्ष ओलीले विपन्न र मेहेनती विद्यार्थीको शिक्षा निरन्तरता सुनिश्चित गर्दै भविष्य निर्माणमा प्रत्यक्ष भूमिका खेल्नुभएको छ ।
कार्यक्रममा उनले मतदातालाई आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्नु नै बालबालिका र मुलुकको भविष्यको संरक्षण गर्नु हो । लामाले आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भने, “म एमालेको प्रतिनिधि हुँ, यो गाउँको विकास र शिक्षाको संरक्षक बन्न तयार छु । तपाईंहरू हाम्रो खम्बा हुनुहुन्छ, हामी तपाईंहरूको सुरक्षा र समृद्धिका लागि कटिबद्ध छौँ ।”






प्रतिक्रिया