२०८३, ८ भाद्र मंगलबार

प्रश्नबाट भाग्दिन’ भन्ने गगनको चुनौती : अब परीक्षा राष्ट्रिय सभामा

प्रश्नबाट भाग्दिन’ भन्ने गगनको चुनौती : अब परीक्षा राष्ट्रिय सभामा


काठमाडौं । गगन थापा ले राजनीतिक दलहरू प्रश्नबाट भाग्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन्। जनकपुरमा प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्पष्ट शब्दमा भने, “नेपाली कांग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईं प्रश्न लिएर आउनुस्। प्रश्नबाट भाग्ने होइन, सामना गर्न सक्नुपर्छ।”

उनको यो अभिव्यक्ति प्रत्यक्ष रूपमा दलहरूमाथि लाग्दै आएको गैरजवाफदेही राजनीतिप्रति संकेत मानिएको छ। विगतमा चुनावी प्रतिबद्धता सार्वजनिक गरिए पनि कार्यान्वयनमा कमजोरी देखिएको सन्दर्भमा थापाको चुनौतीलाई अब व्यवहारमा पुष्टि गर्नुपर्ने दबाब पनि बढेको छ।

उनले जनताको प्रश्नको प्रत्यक्ष उत्तर दिन भोलि राष्ट्रिय सभा गृहमा उपस्थित हुने घोषणा गरेका छन्। साथै, काठमाडौं बाहिर रहेका नागरिकलाई अनलाइन माध्यमबाट प्रश्न पठाउन आग्रह गरेका छन्।

तर प्रश्न उठ्छ-के यो केवल भाषणको दृढता हो, वा व्यवहारमा देखिने पारदर्शिता? जनताको विश्वास जित्न अब शब्दभन्दा कर्म बलियो हुनुपर्ने स्पष्ट छ। भोलिको कार्यक्रमले गगन थापाको दाबीलाई प्रमाणित गर्नेछ कि केवल राजनीतिक सन्देशमै सीमित रहनेछ, त्यो हेर्न बाँकी छ।

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  ४ : ५५ बजे

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न