२०८३, ११ कार्तिक बुधबार

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल


ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी अभियान तीव्र बनाएको छ। पार्टीका जिल्ला संयोजक तथा संविधान सभा सदस्य हर्कबोल राई ले कार्यकर्ता, शुभेच्छुक र मतदातालाई उम्मेदवारलाई विजयी बनाउन सक्रिय हुन आह्वान गरेका छन्।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार अस्मिता थापा लाई समर्थन गर्दै राईले निर्वाचनलाई देश र जनताको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरे। उनले युवाशक्ति र महिलाको नेतृत्वलाई सशक्त बनाउँदै ओखलढुङ्गाको समृद्धिका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

जिल्ला संयोजक राईले जिल्ला बाहिर रहेका समर्थकलाई समेत सम्भव भएसम्म फर्किएर घरदैलो, भेटघाट र प्रचार–प्रसार कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार हाल जिल्लाका विभिन्न टोल–टोलमा घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा सामाजिक सञ्जालमार्फत उम्मेदवारको एजेन्डा प्रचार भइरहेको छ।

एमालेले अस्मिता थापालाई युवा, सक्षम र परिणाममुखी नेतृत्वका रूपमा अघि सारेको जनाएको छ। पार्टीले विकास, सुशासन र समृद्धिसम्बन्धी आफ्ना एजेन्डा मतदातामाझ पुर्‍याउने अभियानलाई तीव्र बनाएको दाबी गरेको छ।

अभियानका क्रममा राईले मतदातालाई “सूर्य” चुनाव चिन्हमा मतदान गरेर उम्मेदवारलाई विजयी बनाउन अपिल गरेका छन्। ओखलढुङ्गामा यसबेलासम्म विभिन्न भेटघाट तथा प्रचार कार्यक्रमहरू सक्रिय रूपमा सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ११ : ४७ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल