२०८३, ९ असार बुधबार

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र


काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार अमित लामाले डाँडापारी क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन्।

फागुन २१ गते हुने निर्वाचनका लागि उनी डाँडापारी क्षेत्रका खानीखोलाका विभिन्न गाउँवस्तीहरूमा घरघर भेटघाट गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। अमित लामाले मतदातासँग कुरा गर्दै डाँडापारीको समस्या, आवश्यकता र विकास प्राथमिकताहरूको बारेमा प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भनेका छन् कि उनी चुनावी मैदानमा आएको कारण कुनै पद, पैसा वा व्यक्तिगत स्वार्थ नभई समुदायको विश्वास जित्ने लक्ष्य हो।

उम्मेदवार लामाले डाँडापारी क्षेत्रको दुःख–सुख नजिकबाट देखेको र यहाँ योजनाबद्ध विकासमार्फत परिवर्तन र रोजगारी सिर्जना सम्भव हुने बताएका छन् ।

यो घरदैलो अभियानले स्थानीय जनता र घरघरका मतदातासँग प्रत्यक्ष सम्बन्ध सुधार्ने उद्देश्य राखेको छ, जसले आगामी निर्वाचनमा मत संग्रह र मतदाताको मनोबलमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

उम्मेदवार लामाले आज डाँडापारीको महाभारत गाउँपालिकामा पनि घरदैलो गरिरहेको जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२, २ फाल्गुन आईतबार  २ : ४१ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि