२०८३, ११ कार्तिक बुधबार

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार संयोजक मीनबहादुर शाही ले जेनजी आन्दोलनका जायज मागहरूको आफ्नो पार्टीले विरोध नगरेको दाबी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहीले जेनजी आन्दोलनका क्रममा भएका हिंसा, आगजनी र विध्वंसका घटनाको मात्रै एमालेले विरोध गरेको स्पष्ट पारे।

‘जेनजी पुस्ताले सुशासन, भ्रष्टाचार न्यूनीकरण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने जुन कुरा उठाएका थिए, त्यो त हामीले सुरुवात गरिसकेका थियौँ,’ शाहीले भने, ‘त्यसकारण भ्रम नपरोस जेन्जी पुस्ताले उठाएका जायज रूपान्तरणका मागमा एमालेले विरोध गरेको छैन।’

शाहीका अनुसार एमालेले हिंसा, आगजनी र दण्डहीनताको सधैँ विरोध गर्दै आएको छ। ‘हामीलाई हिंसा स्वीकार्य छैन। हामीलाई विध्वंस स्वीकार्य छैन। हामीलाई दण्डहीनता किमार्थ स्वीकार्य छैन,’ उनले भने।

राज्यका सम्पत्ति क्षतिग्रस्त पार्ने र जेल तोड्ने जस्ता गतिविधिको एमालेले जहिल्यै विरोध गर्ने उनले बताए। ‘हामीले भनेको विषय त्यो हो। सिंहदरबार जलाउने, प्रतिनिधिसभा जलाउने, नख्खु जेल तोड्ने-जे कुरा भए भन्ने हिसाबमा मुलुक जलाउने कुराको विरोध गरेका हौँ,’ शाहीले भने।

प्रकाशित मिति : २०८२, १ फाल्गुन शनिबार  ४ : २४ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल