२०८३, ११ कार्तिक बुधबार

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि


दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड घनमिटर खनिज ग्यास भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम प्रतिवेदन अनुसार सो क्षेत्र अत्यधिक ग्यासयुक्त रहेको देखिएको हो।

खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काका अनुसार प्रारम्भिक प्रतिवेदनले एक अर्ब १२ करोड घनमिटर ग्यास हुने अनुमान गरेको थियो। तर विस्तृत अध्ययन र परीक्षणपछि सो परिमाणभन्दा धेरै ग्यास भएको पुष्टि भएको छ।

प्रवक्ता खड्काले भने, “अहिले हामीले भण्डारण मात्र पत्ता लगाएका हौँ। कति ग्यास व्यावसायिक रूपमा निकाल्न सकिन्छ र कुन प्रविधि उपयुक्त हुन्छ भन्ने ‘वेल टेस्टिङ’पछि मात्र थाहा पाईन्छ।”

नेपाल–चीनबीच २ अर्ब ४० करोड रुपैयाँ सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो। चिनियाँ टोलीले सेस्मिक, जियोलोजिकल, म्याग्नेटोटेल्युरिक र जियोकेमिकल सर्वे सम्पन्न गरिसकेको छ।

विज्ञका अनुसार जलजलेमा भेटिएको ग्यास ‘शेल’ वा ‘टाइट ग्यास’ प्रकृतिको हुनसक्छ। यसलाई चट्टान फोडेर मात्र निकाल्न सकिन्छ, जसले उत्खनन प्रक्रिया चुनौतीपूर्ण बनाउँछ।

दैलेखमा परापूर्वकालदेखि बल्दै आएका प्राकृतिक ज्वालालाई आधार मान्दै २०७६ असोजदेखि अन्वेषण सुरु गरिएको हो। स्थानीय राजनीतिक दलहरूले आगामी निर्वाचनमा ग्यास उत्खननलाई प्रमुख एजेन्डा बनाएका छन्।

प्रकाशित मिति : २०८२, ३० माघ बिहीबार  ९ : ०१ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल