२०८२, १६ चैत्र मंगलबार

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य


सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न लगाउँछन् भन्ने कुरा हिजो हरिहरपुरगढीमा भएको घटनाले सार्वजनिक गरेको छ । सिन्धुली क्षेत्र नम्बर २ का नेकपा उमेदवार राजन दाहालको निर्देशनमा एमालेका स्थानीय कार्यकर्तालाई झुठा आश्वास दिएर पार्टी प्रवेशको डंका पिटेको कुरा साँझसम्म पनि टिक्न सकेन । उनीहरु स्वयमंले कुरा गर्नु छ भन्दै बोलाएर भ्रममा पारी पार्टी प्रवेश गराइरहेको आरोप बढ्दै गएको छ ।

विचार, नीति र संगठनात्मक स्पष्टता भन्दा पनि अस्थायी लाभ, पद–प्रतिष्ठाको आश्वासन र अपुष्ट राजनीतिक दाबी देखाएर कार्यकर्ता तान्ने प्रयास भइरहेको हरिहरपुरगढीका स्थानीय दिपक माझीले बताए । मंगलबार हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईवाले वडा नं.–५ का नेकपा(एमाले)का मतदाताहरूलाई सत्ताको स्वार्थ देखाउदै भ्रमित पारेर प्रवेश गराएको नौटकी देखाएको माझीले बताए । उनले भने,“पराजित मानसिकता बोकेकाहरूको नौटंकी मात्र हो, स्थानीय सरकार प्रमुखले सत्ताको दुरूपयोग गर्दै आचारसंहिता बिपरित काम गरेका छन ।”

नेकपाको राजन समुहले स्थानीय सत्ताको दुरूपयोग गर्दै विभिन्न लोभलालच र आश्वासन बाड्दै अन्य दल तथा स्वतन्त्र धारका कार्यकर्तालाई प्रवेश गराउने गरेको छ । आफ्नै पार्टी भित्र बिभाजनको सिकार बनेका दाहालले गोयबल्स शैलीमा प्रवेशको लहर देखाउनु लज्जास्पद रहेको स्थानीयहरू बताउछन् । उनका पार्टीका केन्द्र र जिल्लाका नेता उनका बिरूद्व स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको अवस्थामा उनको नौटंकीले मनको लड्डु घ्यूसँग खानु भन्ने उखानलाई चरितार्थ गरिरहेको छ ।

सिन्धुलीकै एक स्थानीय नेता भन्छन्, “यहाँ संगठन विस्तारभन्दा संख्या देखाउने राजनीति भइरहेको छ । विचार नमिल्ने, नीति नबुझाइने, तर मञ्चमा उभ्याएर फोटो खिचिने ।”

विश्वास र वैचारिक स्पष्टता बिना गरिएको प्रवेश टिकाउ नहुने उनीहरूको निष्कर्ष छ । अझ गम्भीर पक्ष के छ भने, प्रवेश गराइएका धेरै कार्यकर्तालाई पार्टीको आन्तरिक संरचना, कार्यदिशा र स्थानीय एजेन्डाबारे स्पष्ट जानकारी नदिइएको पाइएको छ । यसले उनीहरू आफू प्रयोग मात्रै भएको अनुभूति गर्न थालेका छन् ।

सिन्धुलीमा केही समयअघि प्रवेश गराइएका कार्यकर्तामध्ये कतिपय पुनः निष्क्रिय बन्दै गएको देखिन थालेको छ । यसले नेकपाको ‘जिल्लामा जनआधार विस्तार’ भन्ने दाबीमाथि नै प्रश्न खडा गरेको छ ।

राजनीतिमा प्रवेश भ्रम र चलखेलबाट होइन, विश्वास र स्पष्टताबाट हुनुपर्छ। नत्र, संख्या बढे पनि संगठन भित्र असन्तोष र विचलन बढ्ने खतरा स्पष्ट देखिन थालेको छ ।

प्रकाशित मिति : २०८२, २९ माघ बुधबार  ९ : १६ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक