२०८३, ११ कार्तिक बुधबार

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै


झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादह क्षेत्रमा घरदैलो कार्यक्रमसहित मतदाता भेटघाटमा व्यस्त रहनु भएको छ।

गौरादह नगर कमिटीका अनुसार बिहान ११ बजे चारालीबाट सुरु भएको कार्यक्रम अपराह्न ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ। यस क्रममा अध्यक्ष ओलीले पेट्रोलपम्प, डिठा चौक, हाँसखोरा, मादलडाँडा, पुरानो ग्वालडुब्बा, ठकठके, बैराती, जुरोपानी, ग्वालडुब्बा, जामबाडी लगायत ११ स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भेटघाटका क्रममा अध्यक्ष ओलीले मतदाताका समस्या सुन्दै विकास, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार सुधारका विषयमा आफ्ना प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ। स्थानीयवासीले विशेष गरी शिक्षा, स्वास्थ्य सेवा र आधारभूत पूर्वाधारका विषयमा माग राख्दै आएका छन्।

यसैबीच, नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा एमाले विजयी हुने दाबी गर्नुभएको छ। झापा क्षेत्र नं. ३ को स्वयंसेवक परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै गिरीले पाँचै क्षेत्रमा विजय हासिल गर्ने गरी पार्टी परिचालन गरिएको बताउनुभयो। झापा क्षेत्र नं. ३ मा सागर पोर्तेलको नेतृत्वमा ५०१ सदस्यीय स्वयंसेवक परिचालन समिति घोषणा गरिएको छ।

अध्यक्ष ओलीले यसअघि हिजो पश्चिम गौरादहका विभिन्न १० स्थानमा पनि मतदातासँग भेटघाट गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२, २९ माघ बुधबार  ११ : ५६ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल