२०८२, २७ माघ मंगलबार

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार झापाको गाैरादह नगरपालिकामा स्थानीयवासीसँग भेटघाट कार्यक्रममा सहभागी हुँदैछन्।

नेकपा एमाले गाैरादह नगर चुनाव प्रचार–प्रसार समन्वय समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार अध्यक्ष ओलीले गाैरादह नगरपालिकाका वडा नं. ४, ५ र ६ का विभिन्न स्थानमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ।

समितिका अनुसार मध्याह्न ११ बजेदेखि वालुवथान, कोहबरा र चप्रमारी बजारमा भेटघाट कार्यक्रम हुनेछ। त्यसपछि दिउँसो १ बजे तेलियाडाँगी, १ः३० बजे दामुना, २ बजे सिह्रडुब्बा र २ः३० बजे आरतिनगरमा कार्यक्रम आयोजना गरिएको छ।

यस्तै, अपराह्न ३ बजे डोरामारी, ३ः३० बजे स्कुलचोक बजार हुँदै जत्रुचोक खाङ्टामा पुगेर भेटघाट कार्यक्रम सम्पन्न हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २७ माघ मंगलबार  ११ : ०० बजे

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार

मेघालयको अवैध कोइलाखानी विष्फोटमा ४ नेपालीको मृत्यु

खोटाङ । भारतको मेघालयस्थित अवैध कोइलाखानीमा माघ २२ गते भएको

एमाले सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिचालन कार्यालय स्थापना

सिन्धुली: आउँदो फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्नु भएका

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २