२०८३, ११ कार्तिक बुधबार

बौराहाको विकास जनताको आवाजबाटै अघि बढाइने : उम्मेदवार ढकाल

बौराहाको विकास जनताको आवाजबाटै अघि बढाइने : उम्मेदवार ढकाल


विराटनगर । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले बुढीगंगा गाउँपालिका–६ बौराहाको विकास जनताको आवश्यकता र आवाजका आधारमै अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

बौराहामा आयोजित स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणसँगको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित विभिन्न सवाल उठेका थिए। सहभागीहरूले स्थानीय समस्या समाधानका लागि प्रभावकारी नीति तथा योजनाको आवश्यकता औंल्याएका थिए।

अन्तरक्रियामा उम्मेदवार ढकालले विकासको केन्द्र जनता नै भएकाले यहाँ उठेका सुझाव र प्रश्नलाई आगामी योजनामा समेटिने बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवाको सशक्तीकरणलाई प्राथमिकतामा राखेर काम गरिने उल्लेख गरे।

स्थानीयवासीका अनुसार बौराहाका अधिकांश भित्री सडक कच्ची अवस्थामा रहेकाले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवतजावत कठिन हुँदै आएको छ। नाली, सडक बत्ती तथा पुल–पुलेसाको अभावले दैनिक जीवन प्रभावित भएको उनीहरूको गुनासो छ। सुरक्षित खानेपानीको सहज पहुँच नहुँदा स्वास्थ्य जोखिमसमेत बढ्दै गएको स्थानीयले बताएका छन्।

स्वास्थ्य सेवामा पहुँचको अभाव यहाँको अर्को प्रमुख समस्या हो। नजिकैको स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति नहुँदा सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। साथै स्थानीयस्तरमा रोजगारीका अवसर सीमित हुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्।

कृषि बौराहाको मुख्य पेसा भए पनि सिँचाइ सुविधा, आधुनिक प्रविधि र बजार व्यवस्थापन कमजोर रहेको किसानको गुनासो छ। उत्पादनको उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुँदै गएका छन्। शिक्षा क्षेत्रमा पनि विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सामग्री र दक्ष शिक्षकको अभाव देखिएको छ।

करिब चार दशकदेखि मोरङका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका ढकालले जनतासँग सजिलै भेटघाट गर्न सकिने जनप्रतिनिधिको रूपमा आफूलाई स्थापित गरेको बताए। उनले आगामी दिनमा मोरङ क्षेत्र नं. ६ का विकासका मुद्दा सशक्त रूपमा उठाइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले ढकालको संवादमुखी स्वभाव, पहुँच र विकासप्रतिको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। बौराहामा दिगो विकास र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा ढकाललाई समर्थन गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  ९ : २६ बजे

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष