२०८३, १२ कार्तिक बिहीबार

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा


सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको निर्णायक संघर्षका रूपमा चित्रण गर्दै नेकपा (एमाले) का सिन्धुली-२ का उम्मेदवार मनोजजंग थापाले देश बचाउने लडाइँका लागि आफू चुनावी मैदानमा उत्रिएको घोषणा गर्नुभएको छ।

भदौ २३ र २४ गते भएका विभत्स घटनाले राज्यको शान्ति सुरक्षा मात्र होइन, समाजको आधारभूत संरचनामै गहिरो आघात पुर्‍याएको उल्लेख गर्दै थापाले चेतावनी दिनुभयो । यदि अहिले देशलाई एकतामा बाँध्ने दृढ नेतृत्व अगाडि नआए, नेपाल अराजकता, विभाजन र अस्थिरताको दलदलमा फस्ने खतरा वास्तविक छ। ‘आज देशलाई न त भ्रम चाहिएको छ, न त ढुलमुले राजनीति— आज चाहिएको छ स्पष्ट र साहसी निर्णय,’ उहाँले कडा शब्दमा भन्नुभयो।

उम्मेदवार थापाले सात दशकको संघर्षबाट प्राप्त लोकतन्त्र र संविधानमाथि सुनियोजित हमला भइरहेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्नु अब विकल्प नभई बाध्यता बनेको दाबी गर्नुभयो। ‘संविधानमाथि प्रहार गर्ने, लोकतान्त्रिक विधि कुल्चिने र राज्यलाई कमजोर बनाउने शक्तिसँग सम्झौता होइन-संघर्ष आवश्यक छ,’ उहाँको स्पष्ट भनाइ छ।

नेपाललाई अन्तर्राष्ट्रिय भू-राजनीतिक शक्तिहरूको प्रयोगशाला बनाउन खोज्ने षड्यन्त्रहरू तीव्र बन्दै गएको दाबी गर्दै थापाले त्यस्ता प्रयासविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन जनतालाई आह्वान गर्नुभयो। ‘देशलाई बाह्य शक्तिको खेलमैदान बनाउनेहरूलाई परास्त गर्न बलियो राष्ट्रवादी जनमत निर्माण गर्नैपर्छ,’ उहाँले जोड दिनुभयो।

उम्मेदवार थापाले यो निर्वाचनलाई सामान्य सत्ता प्रतिस्पर्धा नभई देश जोगाउने जनआन्दोलनकै निरन्तरता भएको दाबी गर्दै मतदातालाई स्पष्ट निर्णय गर्न आग्रह गर्नुभयो। ‘यो चुनाव मतपत्रमा सीमित छैन। यो देशको भविष्यको फैसला हो,’ उहाँले उल्लेख गर्नुभयो।

नेकपा (एमाले) ले सिन्धुली-२ मा स्थिरता, सामाजिक एकता, संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र बलियो राज्य निर्माणलाई केन्द्रमा राख्दै संघर्षमुखी चुनावी अभियानलाई तीव्र पारेको जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ माघ बिहीबार  १ : ०६ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल