२०८३, १८ जेष्ठ मंगलबार

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा

संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि निर्णायक संघर्ष : मनोजजंग थापा


सिन्धुली। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मुलुकको अस्तित्व, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको निर्णायक संघर्षका रूपमा चित्रण गर्दै नेकपा (एमाले) का सिन्धुली-२ का उम्मेदवार मनोजजंग थापाले देश बचाउने लडाइँका लागि आफू चुनावी मैदानमा उत्रिएको घोषणा गर्नुभएको छ।

भदौ २३ र २४ गते भएका विभत्स घटनाले राज्यको शान्ति सुरक्षा मात्र होइन, समाजको आधारभूत संरचनामै गहिरो आघात पुर्‍याएको उल्लेख गर्दै थापाले चेतावनी दिनुभयो । यदि अहिले देशलाई एकतामा बाँध्ने दृढ नेतृत्व अगाडि नआए, नेपाल अराजकता, विभाजन र अस्थिरताको दलदलमा फस्ने खतरा वास्तविक छ। ‘आज देशलाई न त भ्रम चाहिएको छ, न त ढुलमुले राजनीति— आज चाहिएको छ स्पष्ट र साहसी निर्णय,’ उहाँले कडा शब्दमा भन्नुभयो।

उम्मेदवार थापाले सात दशकको संघर्षबाट प्राप्त लोकतन्त्र र संविधानमाथि सुनियोजित हमला भइरहेको आरोप लगाउँदै त्यसको प्रतिरोध गर्नु अब विकल्प नभई बाध्यता बनेको दाबी गर्नुभयो। ‘संविधानमाथि प्रहार गर्ने, लोकतान्त्रिक विधि कुल्चिने र राज्यलाई कमजोर बनाउने शक्तिसँग सम्झौता होइन-संघर्ष आवश्यक छ,’ उहाँको स्पष्ट भनाइ छ।

नेपाललाई अन्तर्राष्ट्रिय भू-राजनीतिक शक्तिहरूको प्रयोगशाला बनाउन खोज्ने षड्यन्त्रहरू तीव्र बन्दै गएको दाबी गर्दै थापाले त्यस्ता प्रयासविरुद्ध राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन जनतालाई आह्वान गर्नुभयो। ‘देशलाई बाह्य शक्तिको खेलमैदान बनाउनेहरूलाई परास्त गर्न बलियो राष्ट्रवादी जनमत निर्माण गर्नैपर्छ,’ उहाँले जोड दिनुभयो।

उम्मेदवार थापाले यो निर्वाचनलाई सामान्य सत्ता प्रतिस्पर्धा नभई देश जोगाउने जनआन्दोलनकै निरन्तरता भएको दाबी गर्दै मतदातालाई स्पष्ट निर्णय गर्न आग्रह गर्नुभयो। ‘यो चुनाव मतपत्रमा सीमित छैन। यो देशको भविष्यको फैसला हो,’ उहाँले उल्लेख गर्नुभयो।

नेकपा (एमाले) ले सिन्धुली-२ मा स्थिरता, सामाजिक एकता, संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र बलियो राज्य निर्माणलाई केन्द्रमा राख्दै संघर्षमुखी चुनावी अभियानलाई तीव्र पारेको जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ माघ बिहीबार  १ : ०६ बजे

राष्ट्रिय सभा बैठकमा विपक्षीको अवरोध, सीमासम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको भनिएको सीमासम्बन्धी अभिव्यक्तिलाई

नेकपाका वडा अध्यक्ष रास्वपामा प्रवेश, जयपृथ्वीमा राजनीतिक तरंग

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा राजनीतिक हलचल

मन्त्रिपरिषद्का ४ महत्वपूर्ण निर्णय सार्वजनिक, वातावरणदेखि सुरक्षा र भूमि व्यवस्थापनसम्म

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकमार्फत चार महत्वपूर्ण निर्णय

प्रधानमन्त्रीको अभिव्यक्ति ‘राष्ट्रिय स्वाभिमानमाथिको प्रहार’ भन्दै बारको कडा चेतावनी

काठमाडौं । नेपाल–भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा गरिएको

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ