२०८३, १२ कार्तिक बिहीबार

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा

सभापति बनेपछि पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै गगन थापा


काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति भोलि पार्टी मुख्यालय सानेपा जाने भएको छ। सभापति थापाले भोलिका लागि केन्द्रीय समिति बैठक आह्वान गर्दै पार्टी मुख्यालय जाने कार्यक्रम तय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

उनका अनुसार भोलि सानेपामा बस्ने बैठकले पार्टीको भावी कार्यदिशा, संगठन सुदृढीकरण तथा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ। सभापति निर्वाचित भएपछि थापा पहिलो पटक औपचारिक रूपमा पार्टी मुख्यालय जान लागेका हुन्।

यसअघि शेरबहादुर देउवा पक्षका नेताहरूले विशेष महाधिवेशन अस्वीकार गरेपछि गगन थापा र विश्वप्रकाश शर्माको पहलमा विशेष महाधिवेशन सम्पन्न गरिएको थियो। सो महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको छ।

देउवा पक्षको भेला सानेपामै भइरहेका बेला थापाले भने केन्द्रीय समिति बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा आयोजना गरेका थिए। तर पछि थापाको हस्ताक्षरलाई मान्यता दिँदै देउवा पक्षका नेताहरू समेत निर्वाचन प्रक्रियामा सहभागी भएपछि पार्टीभित्रको विवाद औपचारिक रूपमा अन्त्य भएको संकेत देखिएको छ।

सभापति थापाको सानेपा प्रवेशलाई कांग्रेसभित्रको एकता र संस्थागत पुनर्संरचनाको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८२, ९ माघ बिहीबार  १२ : ५८ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल