सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ मा प्रदीप कटुवाल र क्षेत्र नं २ मा मनोज जंग थापाले उम्मेदवारी दर्ता गराउनु भएको छ । पार्टी कार्यालय बाट निस्केको विशाल र्याली सहितको नेता कार्यकर्ताहरुको नेतृत्व गर्दै नेता कटुवाल र थापाले उमेदवारी दर्ता गराउनु भएको हो । उहाँहरुसँग नेताहरू गणेश पहाडी, विषम लाल अधिकारी दनुवार, निरू दर्लामी, शान्तिमान कार्की, महेन्द्र देव श्रेष्ठ, खड्ग बहादुर खत्री लगायत सहभागी थिए ।






प्रतिक्रिया