२०८३, ८ भाद्र मंगलबार

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने


काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने भएका छन्।

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले युवा नेता दुजाङ शेर्पा लाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेस संसदीय बोर्डले शेर्पालाई काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने अनुमोदन गरेको हो।

काठमाडौं–३ क्षेत्रमा यसअघि कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए। यस पटकका अन्य प्रतिस्पर्धीमा रास्वपाले राजु पाण्डेलाई टिकट दिएको छ।

राजनीतिक विश्लेषकहरूले काठमाडौं–३ लाई सतत प्रतिस्पर्धा हुने क्षेत्रको रुपमा हेरिरहेका छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान र कांग्रेसका युवा नेता दुजाङ शेर्पा बीचको प्रत्यक्ष भिडन्त यस निर्वाचन क्षेत्रको परिणामलाई अझ रोचक बनाउने देखिन्छ।

प्रकाशित मिति : २०८२, ६ माघ सोमबार  १० : १६ बजे

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत