२०८२, १६ चैत्र मंगलबार

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो


काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको अवसरमा देशभर एकै दिन आयोजना गरेको रक्तदान कार्यक्रममा ५७८ जनाले रक्तदान गरेका छन्।

“तपाईंको एक थोपा, कसैको जीवन” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा संकलित रगतबाट तीन जना बिरामीको तत्काल ज्यान जोगाउन सकिएको ग्रुपका उपाध्यक्ष विवेक दुगडले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आइतबार सम्पन्न उक्त रक्तदान कार्यक्रम ग्रुपको अटोमोबाइल र हाइड्रो डिभिजनअन्तर्गतका २० स्थानमा एकैसाथ आयोजना गरिएको थियो। कार्यक्रममा ग्रुपका कर्मचारीका साथै स्थानीय समुदाय, इष्टमित्र र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको उपाध्यक्ष दुगडले बताउनुभयो।

रक्तदान कार्यक्रमसँगै ग्रुपले अध्यक्ष दुगडको सामाजिक उत्तरदायित्व र मानवसेवाप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै उहाँको जन्मदिन विशेष रूपमा मनाएको जनाएको छ। अध्यक्ष दुगड स्वास्थ्य, समाजसेवा र वातावरण संरक्षणप्रति विशेष चासो राख्ने उद्योगीका रूपमा परिचित हुनुहुन्छ।

करिब १५० वर्षको इतिहास बोकेको एम.भी. दुगड ग्रुपले अटोमोबाइल, कृषि, जलविद्युत, निर्माण, बैंकिङ तथा बीमा क्षेत्रमा लगानी गर्दै आएको छ। हाल सोलुखुम्बु र रामेछाप जिल्लामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट १६१ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ भने वर्षा याममा भारततर्फ विद्युत निर्यात भइरहेको छ।

यस्तै, दोलखा जिल्लामा करिब २०० मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन रहेको ग्रुपले जनाएको छ।

अध्यक्ष दुगडको सुझावअनुसार ग्रुपले विगत पाँच वर्षदेखि वृहत वृक्षारोपण अभियान पनि सञ्चालन गर्दै आएको छ। अभियानअन्तर्गत सोलुखुम्बु, रामेछाप र दोलखासहित देशका विभिन्न स्थानमा एक लाखभन्दा बढी बिरुवा रोपिएको र हाल करिब ६५ हजार बिरुवा हुर्किसकेको उपाध्यक्ष दुगडले बताउनुभयो। आगामी पाँच वर्षभित्र पाँच लाख बिरुवा रोपण तथा संरक्षण गर्ने लक्ष्य रहेको पनि ग्रुपले जनाएको छ।

प्रकाशित मिति : २०८२, ६ माघ सोमबार  ७ : ४२ बजे

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा

दुबई नजिक कुवेती तेल ट्यांकरमा ड्रोन आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाह नजिक कुवेतको एक