२०८३, १२ कार्तिक बिहीबार

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी


काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीतर्फबाट उम्मेदवारको अन्तिम टुंगो लगाउने एजेन्डामा छलफल भइरहेको छ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ। मनोनयनको मिति नजिकिँदै गर्दा एमालेले उम्मेदवार चयन प्रक्रियालाई अन्तिम रूप दिन सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्।

यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि सारिएको बताइएको छ।

हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा सूर्य चिह्नसहित उम्मेदवार अघि बढाउने तयारी गरेको छ।

यसअघिको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने पूर्ण जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी फागुन २१ गते हुँदैछ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ४ : ०१ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल