२०८२, २ माघ शुक्रबार

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता


काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र पार्टी विधानसम्मत ठहर गर्दै उक्त महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूलाई औपचारिक मान्यता दिएको छ।

शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनका सबै निर्णय वैधानिक रहेको निष्कर्ष निकाल्दै त्यहाँबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो। आयोगको यस निर्णयसँगै विशेष महाधिवेशनले गरेका सम्पूर्ण निर्णयहरूले कानूनी मान्यता पाउने भएका छन्।

यसअघि विशेष महाधिवेशन अवैधानिक भएको दाबी गर्दै शेरबहादुर देउवा समूहले निर्वाचन आयोगमा दायर गरेको निवेदन स्वतः अस्वीकृत भएको छ। आयोगको निर्णयपछि गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको समूहले गरेका निर्णय तथा काम–कारबाही अब आधिकारिक रूपमा मान्य हुनेछन्।

विशेष महाधिवेशनलाई मान्यता दिइएसँगै शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो केन्द्रीय कार्यसमिति स्वतः अमान्य भएको आयोगको निर्णयले स्पष्ट पारेको छ। अब प्रत्यक्ष मनोनयनदेखि पार्टीका सम्पूर्ण सांगठनिक तथा प्रशासनिक गतिविधिहरू गगन–विश्व समूहको नेतृत्वमा अघि बढ्ने भएका छन्।

यद्यपि, निर्वाचन आयोगको यस निर्णयप्रति असन्तुष्ट पक्षले सर्वोच्च अदालत जाने संवैधानिक बाटो भने खुला नै रहेको आयोग स्रोतले जनाएको छ।

निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा निर्णायक मोड आएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति : २०८२, २ माघ शुक्रबार  ७ : ४६ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति