२०८३, ११ कार्तिक बुधबार

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो


काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी रहेको छ। विशेष महाधिवेशनको नेतृत्व गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षसँग संवाद थालेको हो।

विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे वार्तामा सहभागी छन्। संस्थापन पक्षबाट देउवा समूहका रमेश लेखक र बालकृष्ण खाण तथा शेखर कोइराला समूहका जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन्।

यद्यपि विशेष पक्षले सभापति देउवासहित संस्थापन नेतृत्वलाई वार्तामा बोलाए पनि देउवा स्वयं भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी भएका छैनन्। उल्टै, उनले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थमार्फत प्रवाह गरिरहेका छन्।

विशेष महाधिवेशन पक्षले पार्टीका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गरिसकेको दाबी गर्दै आएको छ। संस्थापन पक्षले बेवास्ता गरे आजैदेखि विशेष महाधिवेशनबाटै निर्वाचन प्रक्रिया अघि बढाउने चेतावनी समेत दिइएको छ।

बालुवाटारमा जारी यो वार्ताले विशेष महाधिवेशनको आगामी दिशा—सहमति, टकराव वा औपचारिक विभाजन-के हुने भन्ने विषयमा निर्णायक प्रभाव पार्ने नेताहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, २९ पुस मंगलबार  ९ : ५७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता