२०८३, ११ कार्तिक बुधबार

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा


काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गर्ने प्रयासप्रति कटाक्ष गर्नुभएको छ।

कांग्रेस नेताहरूले विशेष महाधिवेशनको नाममा एमालेलाई गाली गरिरहेको सन्दर्भतर्फ इङ्गित गर्दै थापाले एमालेको राजनीतिक चरित्र त्यस्तो नभएको स्पष्ट पार्नुभएको हो। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले कांग्रेसभित्र देखिएको गतिविधिलाई संकेत गर्दै तीखो टिप्पणी गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर-सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन। चेतना भया!’ उहाँको टिप्पणी कांग्रेसभित्र सभापति देउवालाई किनारामा राखेर विशेष महाधिवेशन अघि बढाउने तयारी भइरहेको आरोपसँग जोडिएको छ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयलाई लिएर आन्तरिक बहस र विवाद चर्किँदै गएको समयमा थापाको यो प्रतिक्रिया सार्वजनिक भएको हो। एमाले नेताहरूले यसलाई कांग्रेसभित्रको आन्तरिक अस्थिरता र गलत राजनीतिक संस्कारको उदाहरणका रूपमा प्रस्तुत गरिरहेका छन्।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : ५३ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता