२०८३, ९ असार बुधबार

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा


काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई बाहिर राखेर विशेष महाधिवेशन आयोजना गर्ने प्रयासप्रति कटाक्ष गर्नुभएको छ।

कांग्रेस नेताहरूले विशेष महाधिवेशनको नाममा एमालेलाई गाली गरिरहेको सन्दर्भतर्फ इङ्गित गर्दै थापाले एमालेको राजनीतिक चरित्र त्यस्तो नभएको स्पष्ट पार्नुभएको हो। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता थापाले कांग्रेसभित्र देखिएको गतिविधिलाई संकेत गर्दै तीखो टिप्पणी गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘नेकपा (एमाले) वृद्ध बुबालाई अपमानपूर्वक वृद्धाश्रममा धपाएर घर-सम्पत्ति कब्जा गरी ढलीमली गर्न चाहने अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन। चेतना भया!’ उहाँको टिप्पणी कांग्रेसभित्र सभापति देउवालाई किनारामा राखेर विशेष महाधिवेशन अघि बढाउने तयारी भइरहेको आरोपसँग जोडिएको छ।

नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयलाई लिएर आन्तरिक बहस र विवाद चर्किँदै गएको समयमा थापाको यो प्रतिक्रिया सार्वजनिक भएको हो। एमाले नेताहरूले यसलाई कांग्रेसभित्रको आन्तरिक अस्थिरता र गलत राजनीतिक संस्कारको उदाहरणका रूपमा प्रस्तुत गरिरहेका छन्।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : ५३ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि