२०८३, ८ भाद्र मंगलबार

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत


काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको तीन वर्षे कार्यकाललाई असफल ठहर गर्दै प्रधानमन्त्री बन्ने दाबीलाई अपरिपक्व राजनीतिको संज्ञा दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै बस्नेतले ठूलो जनअपेक्षा र प्रतिबद्धताका साथ निर्वाचित भए पनि बालेन साहले गरेका धेरै वाचा पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ। उहाँका अनुसार उपलब्धिभन्दा प्रचार र विवादमा बढी केन्द्रित हुँदा महानगरको समग्र कार्यसम्पादन अपेक्षाअनुसार अघि बढ्न सकेन।

बस्नेतले मेयर साहको कार्यशैली निर्माणभन्दा ध्वंसमुखी देखिएको टिप्पणी गर्दै यही पृष्ठभूमिमा प्रधानमन्त्री बन्ने दाबी गर्नु राजनीतिक हतारो र अपरिपक्वताको द्योतक भएको बताउनुभएको छ।

‘सुशासन र विकास लोकप्रियताले होइन, परिणामले मापन हुन्छ। भाइरल अभिव्यक्तिले होइन, जनताले अनुभूति गर्ने कामले नेतृत्व प्रमाणित हुन्छ,’ बस्नेतले लेख्नुभएको छ।

मेयर साहको राष्ट्रिय सत्ता दाबीले राजनीतिमा अनुभव, जिम्मेवारी र परिणाममुखी नेतृत्वको प्रश्न उठाएको उल्लेख गर्दै बस्नेतले राजनीति चर्चामा रहन होइन, देश र जनताका लागि ठोस उपलब्धि दिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : ४५ बजे

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद