२०८२, २९ पुस मंगलबार

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार


काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी नेकपा (एमाले)बाट उम्मेदवारहरूले नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका उम्मेदवारले नाम फिर्ता लिने निवेदन दर्ता गराएका हुन्।

आयोगमा दर्ता विवरणअनुसार एमालेबाट पाँच जना उम्मेदवारले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएका छन्। एमालेबाट खस आर्य समूहमा ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजाति समूहमा विजयसिंह लामा र हिरुसरा राना, तथा मधेशी समूहमा अंशु सिंह रहेका छन्।

यस्तै, नेपाली कांग्रेसबाट खस आर्य समूहमा ध्रुवबहादुर मल्ल र सृजना मल्लले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मधेशी समूहका अरविन्द दास र कमलराय यादवले पनि समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने प्रक्रिया अघि बढाएका छन्।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनिता न्हेमाफुकीले पनि समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएकी छन्। निर्वाचन आयोगका अनुसार बन्दसूची संशोधन तथा नाम फिर्ता सम्बन्धी प्रक्रिया कानुनबमोजिम भइरहेको छ भने अन्तिम सूची तोकिएको कार्यतालिकाअनुसार सार्वजनिक गरिनेछ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : ३१ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र