२०८३, २७ भाद्र आईतबार

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार

यी हुन् एमाले, कांग्रेस र नेकपाको बन्दसूचीबाट नाम फिर्ता लिने उम्मेदवार


काठमाडौं । प्रमुख राजनीतिक दलका समानुपातिकतर्फका बन्दसूची उम्मेदवारमध्ये सबैभन्दा बढी नेकपा (एमाले)बाट उम्मेदवारहरूले नाम फिर्ता लिएका छन्। निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पेस गरिएको बन्दसूचीबाट विभिन्न दलका उम्मेदवारले नाम फिर्ता लिने निवेदन दर्ता गराएका हुन्।

आयोगमा दर्ता विवरणअनुसार एमालेबाट पाँच जना उम्मेदवारले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिएका छन्। एमालेबाट खस आर्य समूहमा ठाकुरप्रसाद शर्मा र लालबहादुर रावल, आदिवासी जनजाति समूहमा विजयसिंह लामा र हिरुसरा राना, तथा मधेशी समूहमा अंशु सिंह रहेका छन्।

यस्तै, नेपाली कांग्रेसबाट खस आर्य समूहमा ध्रुवबहादुर मल्ल र सृजना मल्लले बन्दसूचीबाट नाम फिर्ताका लागि निवेदन दिएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट मधेशी समूहका अरविन्द दास र कमलराय यादवले पनि समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने प्रक्रिया अघि बढाएका छन्।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनिता न्हेमाफुकीले पनि समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएकी छन्। निर्वाचन आयोगका अनुसार बन्दसूची संशोधन तथा नाम फिर्ता सम्बन्धी प्रक्रिया कानुनबमोजिम भइरहेको छ भने अन्तिम सूची तोकिएको कार्यतालिकाअनुसार सार्वजनिक गरिनेछ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : ३१ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।