२०८२, १९ फाल्गुन बुधबार

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी विभाजन हुन लागेको भन्दै यसलाई रोक्न पहल सुरु गरेको छ।

काठमाडौंको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा आयोजित छलफलमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले पार्टी एकता कायम राख्ने उपायबारे विचार विमर्श गरे। छलफलमा कृष्ण सिटौला, बालकृष्ण खाण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायतका नेताहरू सहभागी थिए।

केन्द्रीय सदस्य गुरु बरालले पार्टी कमजोर पार्ने प्रयास भइरहेको भन्दै यसलाई रोक्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन्। त्यसकारण पार्टी एकता र फुटबाट जोगाउने उपायबारे छलफल भयो। कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ।”

छलफलले विशेष महाधिवेशनको नाममा हुने सम्भावित विभाजन रोक्न, विशेष आयोजकहरूलाई पनि कांग्रेस एकढिक्का बनाउन आह्वान गर्ने निर्णय गरेको छ। बरालका अनुसार युवा र जिल्ला सभापतिको भेला बोलाएर पार्टीलाई मुठभेडतर्फ होइन, एकतामा ल्याउने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  २ : ०७ बजे

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै

चुच्चे नक्साको भुमिमा उभिएको गणेशसिंह ठगुन्ना : सूर्य चिन्हमा मुस्कुराईरहेका दार्चुलावासी

नेपालको नक्शामा सबैभन्दा माथि, पश्चिमतिरको कुनामा रहेको दार्चुला जिल्ला केवल

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको