२०८३, ११ कार्तिक बुधबार

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान


काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको प्रस्तावको विपक्षमा उभिँदै आगामी निर्वाचनमा केन्द्रित हुन नेतृत्व र सदस्यहरूलाई आग्रह गरेका छन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन निकट यी १७ भ्रातृ संगठनले संयुक्त अपिल जारी गर्दै, “हालको अवस्थामा देश र जनतालाई संकटमुक्त गर्न एकढिक्का भएर अघि बढ्न सबैमा आव्हान गर्दछौं। नियमित महाधिवेशनको मिति वैशाख २८ देखि ३१ सम्म तोकिएको र फाल्गुन २१ गते आमनिर्वाचन सम्पन्न हुन लागिरहेको अवस्थामा पार्टी एकता कायम राखेर चुनावमा केन्द्रित हुनुको विकल्प छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

अपिलमा नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित र जिम्मेवारीपूर्ण व्यवहार गर्न र सबैको सहअस्तित्वलाई स्वीकार गरी सहमतिका माध्यमबाट अघि बढ्न अनुरोध गरिएको छ।

साथै, पुस २२ गते कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय प्रवेश गर्ने क्रममा पूर्व उपसभापति विमलेन्द्र निधिलगायत अन्य नेताहरूप्रति गरिएको अपमानजनक व्यवहारको कडा निन्दा समेत गरिएको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  १ : ३६ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता