२०८३, ११ कार्तिक बुधबार

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल


काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्र उठेको विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वसँग संवाद र सहमतिका माध्यमबाट परिणाममुखी वातावरण निर्माण गर्न अपिल गरेका छन्।

शुक्रबार ललितपुरको कुपण्डोलमा भएको छलफलपछि जारी विज्ञप्तिमा विशेष महाधिवेशनका लागि लिखित निवेदन दर्ता भइसकेको यथार्थलाई स्वीकार गर्दै, पार्टीभित्र देखिएका मतभेद संवाद र सहमतिबाट टुंग्याउनुपर्नेमा जोड दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई ध्यानमा राखी नयाँ ऊर्जा र सोचका साथ बृहत् एकताबद्ध भएर कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।”

केन्द्रीय सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको नजरमा अझ भरोसायोग्य र विश्वसनीय बनाउनु आवश्यक रहेको र परिवर्तन तथा रूपान्तरणका मुद्दालाई आत्मसात् गरेर नयाँ दृष्टिकोणसहित निर्वाचनमा जानुपर्ने अवस्था रहेको स्मरण गराएका छन्।

यो समूहले यसअघि पनि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने माग राख्दै १८ पुसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा २२ पुसमा नेता डा. शेखर कोइरालासँग छलफल गरिसकेको थियो।

१५औँ महाधिवेशनको कार्यतालिकाबारे पार्टीभित्र बहस चलिरहेको समयमा २५ केन्द्रीय सदस्यको यो समूहले विशेष महाधिवेशनमार्फत पार्टीलाई स्पष्ट दिशामा लैजानुपर्ने पक्षमा उभिएको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  ११ : ५० बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता