२०८३, ११ कार्तिक बुधबार

भेनेजुएला घटना विश्व शक्ति संघर्ष, दोस्रो विश्वयुद्धअघिको अवस्थातर्फ धकेलिँदै विश्व व्यवस्था : एमाले

भेनेजुएला घटना विश्व शक्ति संघर्ष, दोस्रो विश्वयुद्धअघिको अवस्थातर्फ धकेलिँदै विश्व व्यवस्था : एमाले


काठमाडौं । नेकपा एमालेले भेनेजुएलासम्बन्धी पछिल्ला घटनाक्रमले विश्व राजनीति गहिरो शक्ति संघर्षमा प्रवेश गरेको र वर्तमान विश्व व्यवस्था दोस्रो विश्वयुद्धअघिको अस्थिर अवस्थातर्फ धकेलिँदै गएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा पार्टी पंक्तिमा जारी गरिएको अन्तर–पार्टी निर्देशन (अपानी) मा यसबारे विस्तृत विश्लेषण गरिएको छ।

अपानीमा भेनेजुएलामाथि अमेरिकाले गरेको भनिएको सैन्य हस्तक्षेप तथा जननिर्वाचित राष्ट्रपतिलाई अपहरणको शैलीमा नियन्त्रणमा लिने कार्यले संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय संस्थाहरूको औचित्य र प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको उल्लेख छ। यस्ता कदमले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र नियम–आधारित विश्व व्यवस्थालाई कमजोर बनाइरहेको एमालेको ठहर छ।

एमालेले विश्व राजनीतिमा एकल ध्रुवीय वर्चस्व कायम राख्ने प्रयास तीव्र बन्दै गएको र शक्तिशाली राष्ट्रहरूबीचको टकरावले विश्वलाई अस्थिरता र अराजकतर्फ लैजाँदै गरेको विश्लेषण गरेको छ। अपानीमा यस्ता घटनाक्रमका कारण विश्व व्यवस्था पुनः शक्ति केन्द्रहरूको होडबाजीमा फस्दै दोस्रो विश्वयुद्धअघिको अवस्थासँग तुलना गर्नुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरिएको छ।

यसै सन्दर्भमा, पार्टीले नेपालमा भदौ २३ र २४ गते भएका घटनालाई पनि अन्तर्राष्ट्रिय भूराजनीतिक शक्ति संघर्षसँग जोडेर हेरेको छ। सतहमा ती घटना जेन–जी अभियानकर्ता तथा नेपालभित्रका केही शक्ति र व्यक्तिहरूको योजना तथा संलग्नताजस्तो देखिए पनि त्यसको पृष्ठभूमिमा अन्तर्राष्ट्रिय शक्ति होडबाजी रहेको भन्दै एमालेले त्यसमा सन्देह नरहेको दाबी गरेको छ।

एमालेले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिले साना र विकासोन्मुख मुलुकहरूलाई थप सजग, आत्मनिर्भर र राष्ट्रिय हित केन्द्रित नीति अवलम्बन गर्नुपर्ने सन्देश दिएको पनि अपानीमा उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८२, २५ पुस शुक्रबार  ११ : २९ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता