२०८३, ११ कार्तिक बुधबार

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो


सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनका लागि सिन्धुली प्रहरीले एकै साथ १५ सय भन्दा बढी निर्वाचन प्रहरी भर्ना आवेदन खोलेको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति सिन्धुलीका अनुसार आज बिहिवार सिन्धुलीको २ निर्वाचन क्षेत्रमा खटिने नेपाल प्रहरीलाई सघाउनका लागि १५ सय २२ जना भर्ना गर्नका लागि आवेदन खुला गरेको हो ।
जारी सूचनामा १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले २०८२ माघ १ गतेसम्म बिहान १० बजेदेखी ४ बजेसम्म आवेदन दिने समय तोकेको छ । बिहिवार जारी गरिएको सूचनामा सेवा र सुविधा समेत उल्लेख गरिएको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल सिन्धुली तर्फ पनि १७९ जना निर्वाचन प्रहरीको माग गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सूचनालाई एकिकृतगर्दै नियुक्ती समितिले उक्त सूचना जारी गरेको हो । यो सँगै सिन्धुलीमा १७ सय १ जना निर्वाचन प्रहरीको भर्ना आब्ह्वान गरिएको हो ।

सिन्धुलीका राजनैतिक दलले समानुपातिक तथा प्रत्यक्ष तर्फका उमेदवारहरुको नाम शिफारिश गरेर पठाएका बेला एकै साथ १७ सय निर्वाचन प्रहरी भर्ना गर्ने तयारीसँगै मूलुकमा निर्वाचन प्रक्रियामा अगाडि बढेको छ ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  १० : १४ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता