२०८२, २५ पुस शुक्रबार

प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा देशभरका प्रहरी प्रमुखलाई समसामयिक निर्देशन

प्रहरी महानिरीक्षक कार्की र एआईजी चतुर्बेदीद्वारा देशभरका प्रहरी प्रमुखलाई समसामयिक निर्देशन


काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले देशभरका मातहत प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा केन्द्रित रहँदै भर्चुअल कन्फरेन्समार्फत निर्देशनात्मक सम्बोधन गर्नुभएको छ।

भर्चुअल कन्फरेन्समार्फत सम्पन्न उक्त कार्यक्रममा वर्तमान शान्ति–सुरक्षा अवस्था, अपराध नियन्त्रण, सार्वजनिक सुरक्षाको सुदृढीकरण, संगठनात्मक अनुशासन तथा जनमैत्री प्रहरी सेवा प्रवाहका विषयमा विस्तृत छलफल गरिएको थियो।

महानिरीक्षक कार्कीले प्रहरी संगठनप्रति जनविश्वास अभिवृद्धि हुने गरी कानुनी दायरा भित्र रहेर निष्पक्ष, जिम्मेवार र प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले समसामयिक सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै उच्च सतर्कता, पेशागत जिम्मेवारी र आपसी समन्वयका साथ काम गर्न मातहत निकायहरूलाई आग्रह गर्नुभयो।

त्यस्तै, अतिरिक्त महानिरीक्षक चतुर्बेदीले प्रहरी संगठनलाई अझ व्यवस्थित, अनुशासित र व्यावसायिक बनाउने दिशामा नेतृत्व तहदेखि तल्लो तहसम्म एकरूपता र प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले अपराध रोकथाम, सेवाग्राहीमैत्री व्यवहार तथा संगठनात्मक मर्यादाको पालनामा विशेष ध्यान दिन निर्देशन दिनुभयो।

कार्यक्रममा देशभरका विभिन्न प्रहरी कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो। भर्चुअल माध्यमबाट सम्पन्न यस निर्देशनात्मक कार्यक्रमले प्रहरी संगठनको कार्यसम्पादनलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ पुस बिहीबार  ३ : ०० बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको