२०८३, २२ जेष्ठ शनिबार

मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि हिन्दु-मुस्लिमसहित सबै समुदायको साझा घर भएको उल्लेख गर्दै शान्ति, सद्भाव र एकता कायम राख्न सबैलाई अपिल गरेका छन्।

धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदायबीचको विवाद उग्र बन्दै गएपछि मुख्यमन्त्री यादवले फेसबुकमार्फत सन्देश जारी गर्दै मधेशको विविधता नै यसको शक्ति भएको बताएका छन्। ‘मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन,’ उनले भनेका छन्।

हिंसाले कहिल्यै समाधान नदिने स्पष्ट पार्दै उनले धर्मका नाममा हुने घृणा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको बताए। प्रदेश सरकारले नागरिकको सुरक्षा र शान्ति–सुरक्षा कायम गर्न कडा कदम चाल्ने र अफवाह तथा घृणात्मक गतिविधिमा संलग्नमाथि कानुनअनुसार कारबाही गरिने उनले जनाएका छन्।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  १० : ५१ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति